माटोको ढिस्कोमा पुरिएर महिलाको मृत्यु

इन्द्र बुढाथोकी सिम्ता । माटाेकाे ढिस्कोमा पुरिएर सुर्खेतको सिम्ता गाउपालिकामा एक महिलाको मृत्यु भएको छ ।

दशैमा घर पोत्ने रातो माटो लिन गएकी नेपाली काङ्ग्रेस सिम्ता गाउँपालिका वडा नम्वर ३ का सभापति अम्मर भण्डारीका श्रीमति ४९ बर्षिया दिपा भण्डारीको मृत्यु भएको हो ।

आईतवार बेलुका ५ बजे तिर घर नजिकैको बयान जंगलमा रातो माटो लिन गएका बेला माटो खन्दै गर्दा माथिबाट आएको माटोको ढिस्कोले पुरेपछि घटना स्थलमै मृत्यु भएको सिम्ता गाउँपालिकाका सामाजिक परिचालक चन्द्रबहादुर शाहीले जानकारी दिए ।




सम्बन्धित समाचार


error: Content is protected !!