बिबेक सिंह ठकुरीको कुशे हिमाल छायांङ्कन, सिडियो पन्त र अध्यक्ष बस्नेत द्धारा उद्घाटन

उक्त गितलाई उद्घाटन गर्दै प्र जि अ पन्त, तस्बिर ः सुरिता बस्नेत

सुरिता बस्नेत । बिबेक सिंह ठकुरीको पहिलो कुशे हिमाल नामक बोलको लोक गितको छायांङ्कन शनिबार सम्पन्न भएको छ । उक्त गितको छायांङ्कनको उदघाटन कुशे गाउँपालिकाका अध्यक्ष हरीचन्द्र बस्नेत र प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले गरेका थिए ।

कुशे हिमाल नामक गितले जाजरकोटमा रहेका प्राकृतिक सम्पदाहरुको प्रचार प्रसार गर्न खोजिएको पाईएको छ । बिबेक सिंह ठकुरी र रेखा बोहराको आवाज रहेको उक्त गितको म्युजिक भिडियोलाई रमेशकुमार बस्नेतले कोरीयोग्राफ गरेका छन् भने सुशिल सिंह र सुरीता बस्नेतले निर्शेदन गरेको छन ।

तस्बिर ः सुरिता बस्नेत

उज्यालो अभियान मिडिया प्रालीले उत्पादन गर्न लागेको उक्त भिडियोको प्रमुख भुमिकामा रमेशकुमार बस्नेत र बिमला अधिकारी देखिएका छन् । जाजरकोटमा लोकगितको भएको भने यो पहिलो पटक हो ।
उक्त गित लाई छिटै बजारमा ल्याउने बिबेक सिंह ठकुरीले बताए ।





error: Content is protected !!