दुर्घटना कम गर्न गाडीहरुमा टाइम कार्ड

कालीबहादुर नेपाली ।  दशै तिहारलाई लक्षित गरि दुर्घटना कम गर्न टाइम कार्डको व्यवस्था गरिने भएको छ । दुर्घटना कम गर्न भन्दै जिल्ला ट्राफिक कार्यालयको सक्रियतामा टाइम कार्डको व्यवस्था गरिएको हो ।

कडाईका साथ खलंगा रिम्ना,होलुखोला,खलंगा,मटेला, कुदु छेडाचौर, सल्लीबजार, छिन्चु, विरेन्द्रनगर,राकम, र कोहलपुर बाँके सम्म टाइम कार्ड व्यवस्था गर्न लागेको ट्राफिक प्रहरी कार्यालय जाजरकोटका टाङफिक ईन्चार्ज आनसिहं भण्डारीले जानकारी दिए ।

गाडी चालकलाई टाइम कार्ड वितरण गर्दा, ‘दुर्घटना न्यूनिकरण गराँै टाइम कार्डमा उल्लेखित समयको पालना गरेका सवारी सञ्चालन गरौं ।’ टाइम कार्ड अनुसार चालकले सवारी साधन सुरु गरे बढ्दो दुर्घटना न्यूनिकरण गर्न मद्दत हुने ईन्चार्ज भण्डारीको भनाई छ ।

उनले, सवारी साधनले सिट क्षमता अनुसार यात्रु राख्न र अनिवार्य रुपमा टाइम कार्ड अनुसार सवारी सुरु गर्न आग्रह गरे । ‘टाइम कार्डको जाँच कडाईका साथ गरिने छ’ भण्डारीले भने, ‘यात्रा गर्ने महानुभावले पनि सिट क्षमता, तिब्रगति, चालकले मापसे गरे नगरेको लगायका कुराहरुमा ध्यान दिनु होला ।’ जाजरकोट बाट छुट्ने बस, हाइस, निसान गाडी र जिपलाई टाइम कार्डको व्यवस्था गरिने छ ।




सम्बन्धित समाचार


error: Content is protected !!