भाइरल प्रभावित क्षेत्रमा कर्णाली प्रदेश सदस्य सिहं औषधी बोकेर आउने

जाजरकाेट । कर्णाली प्रदेश सरकारका सदस्य एवम् जाजरकोट क्षेत्र नं. १ बाट निर्वाचित सांसद गणेश प्रसाद सिहं औषधी बाकेर प्रभावित क्षेत्रमा आउने भएका छन् ।
जाजरकोट जिल्लामा पछिल्लो समयमा भाइरल ज्वरोका विरामी बढेको र औषधी अभाव भएको समाचार पटकपटक बाहिर आउने भएकोले जाजरकोट जिल्लामा आवश्यक औषधी सहित आउन लागेका हुन ।
जाजरकोट जिल्लालाई कहिले सम्म भोकमरी र माहामारीको जिल्लाको रुपमा चिनाउने ? भन्दै सांसद सिहं जाजरकोटमा थप औषधी र विरामीको अवस्था बुझन् जाजरकोट आउने कार्यक्रम रहेको पाइएको छ ।
शुक्रबार जिल्ला अस्पताल जाजरकोटमा आवश्यक औषधी अस्पताललाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको सदस्य सिंहले जानकारी दिए ।







