भाईरलका कारण विद्यालय तीन दिन देखि बन्द

जाजरकोट , २ असोज :भाईरलका कारण जाजरकोटको नलगाड नगरपालिका – ८ मंङ्सिरी स्थित हिमालय प्राथमिक विद्यालय वन्द भएको छ ।
तीन दिन सवै विरामी र स्थानीयवासी विरामी भएपछि विद्यालय बन्द भएको हो । नलगाड नगरवालिकाको स्वास्थ्य संस्था देखि ५ घण्टाको पैदल दुरीमा रहेको सो ठाउँ हिमालमा पर्दछ । तीन दिन देखि विद्यालय बन्द भएपनि स्वास्थ्य संस्था नजिक नभएका कारण समस्य भएको प्रधानाध्यापक कमल बोहाराले बताउनुभयो ।
यतानलगाड नगरपालिकाका नगरप्रमुख टेकबहादुर रावल तुरुन्तै स्वास्थ्य कर्मी परिचालन गरिने बताउनुभयो ।
गाउँमा सवै विरामी भएका कारण उपचारमा लिने विद्यार्थी लिन नसकिएको स्थानीयवासी कर्णबहादुर पुनले बताउनुभयो ।





error: Content is protected !!