यी हुन् आँसु झार्नुका फाइदा

आँसुको अभावका कारण आँखाको रोग, गठियाबात, घाँटीको रोग, श्वेतप्रद आदि समस्या हुन सक्छ । त्यसैले पनि भक्कानो छोडेर वा सुँक्कसुँक्क गरेर रुनुलाई स्वस्थकर मानिन्छ ।
आँसुले दुःख, चिन्ता, शारीरिक तथा मानसिक तनावसँग जुध्न सहयोग पु(याउँछ ।
रुँदा उच्च रक्तचाप, फिस्टुलाजस्ता रोगबाट पनि टाढा रहन सहयोग मिल्छ ।
आँखाबाट आँसु झर्दा आँखाको नानी र परेलाको रसिलोपना पनि बढेर जान्छ । रुँदा आँखाको सौन्दर्यसमेत बढेर जाने वैज्ञानिकहरूले बताएका छन् ।
आँखाबाट आँसु निस्किने वेला हारडेरियन ग्रन्थिबाट एक प्रकारको तैलीय पदार्थ निस्किने गर्छ । जसको सहायताले कोर्निया नरम र गहिरो हुन जान्छ । र, आँखा सुन्दर देखिन्छ ।
रुने मानिसलाई तनावबाट उत्पन्न हुने मनोदैहिक रोगको सम्भावनासमेत हुँदैन । रुने समयमा आँखाबाट झरेको आँसुले आँखाका विजातीय द्रव्यलाई बाहिर निकाल्ने काम गर्छ र आँखालाई रसिलो पार्छ । त्यस्तै, आँसुले विभिन्न संक्रमणबाट पनि बचाउँछ ।
जापानस्थित मेडिकल युनिभर्सिटी अफ औहियोका शोधकर्ताले ‘आँसुबाट हुने फाइदा’का विषयमा अध्ययन गरेका थिए । उक्त अध्ययनले अधिक रुँदा अत्यधिक मानिसले हल्का र ताजापन महसुस गर्ने पत्ता लगाएको थियो । शोधअनुसार ८८ दशमलव ८ प्रतिशत मानिसले रोएपछि हल्का महसुस गरेको बताएका थिए ।
आँसुमा कीटाणुबाट आँखालाई रक्षा गर्ने एन्टिबायोटिक हुन्छ । आँसुमा लिसोजाइम नामक तरल पदार्थ हुन्छ, जसले ५ र १० मिनेटमा नै ९० देखि ९५ प्रतिशत ब्याक्टेरियालाई सफा गर्छ ।
मनोवैज्ञानिकहरूका अनुसार विपत्ति, दुःख र अत्यधिक तनावको अवस्थामा आँखाबाट आँसु नआएमा वा नरोएमा उसमा मानसिक एवं शारीरिक समस्या भएको सम्झनुपर्छ ।





error: Content is protected !!