मदिरा सेवन गर्नेलाई रु १० हजार जरिमाना , सुराकीलाई पुरस्कार

जाजरकोट ः मदिरा नियन्त्रण तथा व्यवस्थापन कार्यविधी बनाएर नलगाड नगरपालिकाले मदिरा नियन्त्रण सुरु गरेको छ ।

नगरपालिका भित्रका सवै वडामा अवैद्य रुपमा मधिरा सेवन गर्ने तथा विक्री वितरण गर्नेलाई रु १० हजार जरिमाना गर्ने कार्यविधीमा उल्लेख छ । एकै व्यक्तिले पटक , पटक मदिरा सेवन तथा विक्री गरेमा दुवैलाई जरिमाना हुँने कार्यविधीमा उल्लेख छ ।

मदिरा सेवन गरेर होहल्ला गर्नेलाई पहिलो पटक रु १ हजार , धेरै पटक गरेमा रु ५ हजार जरिमाना गर्ने कार्यविधीमा उल्लेख छ ।
सहयोगी भएर मदिरा विक्री वितरण लाई सहयोग गर्नेलाई समेत जरिमाना गरिने भएको छ । ईजाजत नलिएर मदिरा विक्री वितरण गरेमा पहिलो पटक ३ हजार र पटक , पटक ५ हजार गरेर कारवाई गरिने बताएको छ ।

१८ वर्ष नपुगेको व्यक्तिले मदिरा सेवन तथा विक्री गरेमा २ हजार देखि ५ हजार सम्म जरिमाना गर्ने व्यवस्था रहेको छ ।
सर्वजानिक पद धारण गरेको व्यक्तिले सेवन गरेमा सर्वसाधारण भन्दा दोव्वर जरिमाना गरिने भएको छ ।

मदिरा सेवन तथा विक्री वितरण गरेको सूचना दिनलाई विगो अर्थथा सजायको १० प्रतिशत रकम बढाएर पुरस्कार दिईने कार्यविधीमा उल्लेख छ ।
त्यस्तै मदिरा विक्री वितरण गर्ने ईजाजत लिएको व्यक्तिले विक्री गरेको परिणाम , लिने व्यक्तिको नाम , समय र मिती उल्लेख गर्नुपर्ने कार्यविधीमा उल्लेख गरिएको प्रशासकीय अधिकृत सुरेन्द्र सिंहले जानकारी दिनुभयो ।

अहिले कार्यविधी माथी स्थानीयवासीको सल्लाह , सुझाव लिने काम भएको उहाँले बताउनुभयो ।  नगरपालिकाले नगरका सवै ठाउँमा सो कार्यविधी लिएर स्थानीयवासीको सल्लाह , सुझाव लिने काम चलिरहेको नगरप्रमुख टेकबहादुर रावलले बताउनुभयो ।

नगरपालिका भित्र भएका सवै अनुमती नलिएका मदिरा पसलले अनुमती लिएर मात्र काम गर्न आग्रह गरिएको छ । नगरपालिकाले वेलुका ७ बजे देखि ९ बजे सम्म मात्र मात्र सेवनका लागि समय खुल्ला गरेको थियो ।

मदिरा सेवन गनेबाट जरिमाना गरिएको रकम सामाजिक कार्यमा लगाईने समेत बताएको छ ।  मदिरा नियन्त्रण तथा व्यवस्थापन कार्यविधी माथी छलफल लिदै स्थानीयले कडाईका साथ लागु गरेर संमृद्ध समाज निर्माणका लागि एक सकल्प गर्नुपर्ने बताएका छन् ।

अवैद्य पसललाई तुरुन्तै नियन्त्रण तथा नियमण गर्न समेत सुझाव दिईएको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!