चट्याङ लागेर एक जनाको मृत्यु, दुई घाइते

मुसीकोट नगरपालिका-१३ डाँडाछिवाङमा चट्याङ लागेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मंगलबार अपरान्ह करिब साढे ४ बजे परेको चट्याङ लागेर जिल्लाको त्रिवेणी गाउँपालिका-१० का ३६ वर्षीय केशरबहादुर खत्रीको मृत्यु भएको हो । उनी डाँडाछिवाङस्थित भाल्दुलामा रहेको गोठमा हुँदा चट्याङ परेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए ।

सोही चट्याङमा परी दुई जना घाइते भएका छन् । घाइते हुनेमा मुसीकोट नगरपालिका-१३ डाँडाछिवाङ घर भएका ३८ वर्षीय नैनसिंह खत्री र सोही वडाको हाइवाङका ५२ आशीराम रोका रहेको प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउँन बाँकी रहेको डिएसपी खड्काले बताए ।




सम्बन्धित समाचार


error: Content is protected !!