झाडापखालाबाट यसरी बच्नुहोस्

खानपानमा होसियारी अपनाउन नसक्दा मानिसलाई झाडापखाला लाग्न सक्छ । आवश्यकभन्दा बढी खानेकुरा खाने र सरसफाइमा ध्यान दिन नसक्दा झाडापखालाको जोखिम हुन्छ । नेपालमा झाडापखाला र हैजा धेरै वर्षदेखि महामारीको रूपमा बढ्दै गएको छ । यो रोग जुनसुकै समयमा फैलिन सक्छ ।

झाडापखाला यसरी चिनौँ
कसैलाई पातलो दिसा दिनमा तीनपटकभन्दा बढी भयो भने त्यसलाई झाडापखाला भएको मान्न सकिन्छ । यो सबै उमेरका व्यक्तिलाई लाग्न सक्छ । रोग तीव्र रूपमा सर्ने भएकाले निश्चित क्षेत्रमा मात्र नभई ठूलो क्षेत्रसम्ममा पनि असर पु(याउँछ ।

लक्षण

पखाला लाग्ने ।
पातलो दिसा हुने ।
कमजोर अनुभव हुने ।
बच्नका लागि

सरसफाइमा ध्यान दिने ।
बासी, सडेगलेका खानेकुरा नखाने ।
पखाला हुने क्रम बढ्यो भने तुरुन्त अस्पताल जाने ।
उपचार

जीवनजल पानी खाने ।
झोल पदार्थमा जोड दिने ।
सफा पानी निरन्तर खाने ।




सम्बन्धित समाचार


error: Content is protected !!