भुत प्रतिको भ्रम र बर्मान को निष्कर्ष !

कालीबहादुर मल्ल ।

देश संघियतामा गयो र संबिधान ले ब्यबस्था गरे अनुसार संघ, प्रदेश र स्थानिय तहको निर्वाचन भई गणतन्त्रले संस्थागत रुप लिईसकेको छ । मौलिक हक सम्बन्धि ऐन तथा सबै तहका कानुन् निर्माण भईरहेका छन,लगभग संबिधान कार्यन्वयन् का लागि मार्ग प्रशस्त भई सक्यो ।
ठिक यहि बेला नेपालका केही वैतनिक बुद्धिजीवी र लामो समयसम्म राजाहरु को नेतृत्वमा सत्ता को स्वाद ले जिब्रो बिग्रिएको तर हाल सत्ता च्युत भएका केही मान्छेहरु गणतन्त्र र राजतन्त्रको तुलना तुलना गर्दैछन ।

र उनिहरु भन्छन“गणतन्त्र भारतिय जाजुसि संस्था“र“ले थो परेको !“दस बर्ष जनयुद्ध मा लाखौं जनताले भाग लिएको र त्यसको जगमा ०६२ र ०६३ को जन आन्दोलनमा १० औं लाख जनता ले शहर र दरबार घेरेको
लाई देखेनन ।

ने क पा(माआवादी)र ७ दलको आन्दोलन लाई “रहर भारतको योजना देख्नेहरु ले २०६३ बैसाख ८ गते भारतका करणसिंह ले ल्याएको ८ बुदे चिठी बारे बोल्दैन जो नेपाली जन्ता ले लत्याई आन्दोलन अगाडि बढाईरहे ।बैसाख ११ गते बाध्यता बस“जनताको नासो जनतामा“ आयो।
अर्काे कुरा ! गत निर्वाचनमा ने क पा ले झण्डै २ र ३ बहुमत हासिल गरेर पुर्णाबधिको सरकार गठन गरेर बिगतका ६ महिनामा सरकार बन्ने र गिर्ने अबस्था को अन्त भएको छ।यहि राजनितिक स्थिरता लाई आफ्नो अस्तित्व समाप्तिको अन्तिम दिन संझिएर पुरानो ईच्छामा नयाँ नारा भट्याउदैछन ्।
उनिहरु भन्छन“यो सरकार दलाल हो राजाहरु देशभक्त थिए ! राजाहरु को इतिहास बारे अध्ययन गर्ने मौकै नदिएर एकोहोरो शाहा बंशिय राजाहरु भयंकर देशभक्त ,जनप्रेमि र न्याय मुर्ति थिए।मानौ शाहा राजाहरु कहिल्यै गद्दारि गरेनन।
तर इतिहासकारहरु भने अर्कै लेख्छन्।

(१)राज्य बिस्तार अभियानमै पृथ्वीनारायण शाह को मृत्यु पछि
अभियानको कमान्ड सम्हालेका बम शाह ले भक्ति थापाको गोलि लागि हत्यापछि अंग्रेज सामु आत्म समर्पण गरे र बम शाह को आत्म समर्ण पछि अमरसिं थापा ले अक्टरलोनि संगको सन्धिमा हस्ताक्षर गरे।“अंग्रेज संग सन्धि पत्र“

(२)श्री ३हरुको अनिधनमा रहेका तत्कालिन राजा त्रिभुवन
भारत संग आत्म समर्पण।भारतिय सैन्य विद ललन् जि सिं
लेख्छन“राणा शाहि से मुक्त होने कि छटपटाहट नेपाल नरेशको
भारत के करिव ले आई और इन्हि विशेष परिस्थितियौं मे भारत नेपाल मैत्री सन्धि पर १९५० मे हस्ताक्षर हुए।उनी अगाडि लेख्छन“श्री लाल बहादुर शास्त्रि के वाद जब श्रीमती गाँधि सत्ता मे आयी ,तो उन्होने भि राजा महेन्द्र (नेपाल नरेश)के साथ सम्बन्ध सुधारने कि नीति अपनाई ,जिसके फलस्वरूप अक्टुवर १९७१मे दोनो देशों के बिच गण्डकी परियोजना के ? निर्माण के ? लिए संझौता गरे ।

(राष्ट्रिय रक्षा और सुरक्षा ,भारत नेपाल के सम्बन्ध पेज ४९०)स्मरण रहोस पंडित नेहरु कै पाला तत्कालिन राजा महेन्द्र ले मातृका प्साद कोईराला मार्फ कोशि संझौता गराएका थिए।किन कि श्री ५ सर्वेसर्वा भएको मुलुकमा प्रधानमन्त्री निर्णायक हुन सक्दैनन् त्यसो नभए ०१७ मा कु गर्न सक्ने महेन्द्र ले मातृका लाई दृश जिम्मा दिने कुरै हुदैन।

(३)१९६५ को सन्धि महेन्द्र ले गर्न लगाएको।लेखक मुरारि अर्याल को टिप्पणी भन्दै कृष्ण अविरल फेख्छन्“१९६५को हात हतियार सम्बन्धि कुख्यात सन्धि का जरा राजा महेन्द्र ले स्विजरलेण्ड पठाउन लागेको सुन भारतमा पक्राउ खानु थिए।त्यस पछि लाज जोगाउन त्यति बेला नयाँदिल्ली उनी राजदुत यदु नाथ खनाल लाई सो कुख्यात सन्धिपत्र लेख्न आदेश दिएका हुन।

“(शाह बंशको शल्यक्रिया पेज १२२) त्यसका साथै इतिहास को अर्काे कलंक ०५८ को दरबार हत्या काण्ड भयो,जसमा तत्कालिन राजा वीरेन्द्र ,उनिका सम्पुर्ण परिवार र भाइ धिरेन्द्र को बिनास भयो। र बुहारि रारा तालमा शंकास्पद घटना मा परिन,भने भाइ माईला को परिवार लाई कसैले छोएन । यसको पनि त हिसाब कहि न कहित होला कसले हो जबाफ दिने?

फेरि पनि इतिहास का सन्धि संझौता मा कार्यकारी राष्ट्र प्रमुखको भुमिकामा रहेका पुर्व राजाहरु लाई अलग राखेर कट्वाल को भुमिका रहेका प्रधानमन्त्री लाई दोष लगाउनु न्यायोचित हुदैन । विषय प्रष्ट छ कि आफ्नो गद्दिको पावर को लागि सिंगो प्रणालि नै ध्वस्त पार्न “कुरा गर्न सक्ने राजा ले संधि बदर वा पुनरावलोकन गर्न किन सकेनन्?

तत्कालिन राजा महेन्द्र ले कु गरि पंचायत खडा गरे ,भने वीरेन्द्रको बंश विनास पछि राजा बनेका तत्कालिन राजा ज्ञानेन्द्रले पनि संसदिय ब्यबस्था नै खाएर सत्ता हातमा लिए अनि कोशि,गण्डकी र कर्णाली को सन्धि (संझौता खारेज गर्न किन सकेनन ?
अन्तमा !नेपालमा पहिलो पल्ट संघर्ष द्वारा स्थापित गणतन्त्र मा नेतृत्वमा अभ्यास अनुब को कमि तथा जनता नयाँ पनको तिब्र चाहाना र राज्य मेसिनरि मा सुधार भै जसकेको अन्तरविरोध पुर्ण स्थिति ले जनताले प्रष्ट देख्ने गरि
परिणाम आउन बाकि छ।भने हाम्रो स्कुल सामन्तवादी हुनुले कतिपय हाम्रा शैली र शोच त्यसको प्रभाव रहनुले केही कम्जोरि अवश्य छन ती सच्याउनु जरुरि छ जो जनता ले प्रष्ट देख्न सकुन ।

उपलब्धि महान छन सम्या पनि छन तर समस्या लाई अग्रगामी ढंगले खोज्ने हो पछि फर्किएर होईन । गणतन्त्रको बिकल्प समाजवाद हो,देश र जनता र परिवर्तन प्रति ईमान्दार बनौं समृद्ध नेपाल निर्माण मा एकताबद्ध होउँ भन्दा फरक पर्ला?





error: Content is protected !!