गाडीमा यौन दुर्व्यवहार गरेको भन्दै पूर्व सांसद पक्राउ

्काठमाडौं– सार्वजनिक यातायातमा महिलामाथि यौन दुर्व्यवहार गरेको आरोपमा पूर्व सभासद (पूर्व सांसद) पक्राउ परेका छन् । पक्राउ पर्नेमा योगेन्द्र घिसिङ छन् । घिसिङ तत्कालीन एकीकृत नेकपा माओवादीबाट २०७० सालको संविधानसभामा समानुपातिक तर्फका सदस्य थिए । पीडित पक्षको उजुरीका आधारमा पूर्व सभासद घिसिङलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

घिसिङलाई भने तत्कालीन माओवादीले नै साधारण सदस्य समेत नरहने गरी कारबाही गरिसकेको थियो । स्थानीय तहको निर्वाचनका बेला आफू निकटका व्यक्तिलाई उम्मेदवार हुन भन्दै टिकट दिएको आरोपमा उनी माओवादीबाट निष्काशनमा परेका थिए ।




सम्बन्धित समाचार


error: Content is protected !!