शैक्षिक अवस्था सुर्धान स्थानीय सरकार सक्रिय

जाजरकोट , शैक्षिक अवस्था सुधार गरी संमृद्ध जाजरकोट निर्माण गर्ने उदेश्यले स्थानीय तहले शैक्षिक वहस सुरु गरेका छन् । सरोकारवालाको सल्लाह , सुझाव अनि मार्ग निर्देशन अनुसार अगाडी बढ्न लागि शैक्षिक अन्तरक्रिया गरेको स्थानीय तहका प्रमुखले बताएका छन् ।
जिल्लाको भेरी नगरपालिकाले आफ्ना माताहातका सवै विद्यालयका प्रधानाध्यापक , अन्य सरोकोरवाला निकायलाई संयूक्त रुपमा राखेर अन्तरिक्रया गरेको छ । विद्यालयमा विद्यार्थीको दर बढाउने र सिकाई उपलव्धि भारी बढाउने भन्दै सो अन्तरक्रिया गरिएको हो । अन्तरक्रियामा अभिभावक , शिक्षक र जिल्लाका शैक्षिक क्षेत्रमा काम गर्ने सवैको उपस्थिती रहेको थियो ।
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बढाई राज्यको लगानीलाई परिणाम मुखी बनाउनका लागि सवै चिन्तित हुँनुपर्ने भन्दै सरोकारवाला निकायले चाँसो व्यक्त गर्नुपर्ने बताए । नगरपालिका भित्रका सवै विद्यालयका प्रधानाध्यापकलाई वैठकमा सहभागी लगाएर समस्य कहाँ र के मा छन् भनी सुन्ने र त्यसको समाधान खोज्ने कुरामा केन्द्रीत रहेको भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकास घर्तीले बताए । उनले सवैले आफ्नो जिम्मेवारी ईमान्दरीताका साथ गरिदिने हो भने भारी काम हल हुँने बताए ।
त्यस्तै कुशे गाउँपालिकाले शैक्षिक अन्तरक्रिया गदै १५ वुद्धे घोषणा पत्र नै सार्वजानिक गरेको छ । शिक्षा समन्वय ईकाईको बजेटबाट १० वटा र गाउँपालिकाको आर्थिक अनुदानबाट १६ वटा गरि २६ वटा विद्यालय भवन निर्माण गरिएको अध्यक्ष हरीचन्द्र बस्नेतले बताए ।
शैक्षिक क्षेत्रमा एउटा बच्चालाई गरिएको लगानीको प्रतिफल १५ बर्षपछि मात्र देखा पर्ने बताउदै अध्यक्ष बस्नेतले १५ बर्ष पछि कुनै बच्चा पढ्न सफल हुने कुनै बच्चा पढ्न अफल हुने अन्तिम नतिजा देखिने बताए । शैक्षिक क्षेत्रमा देखिएका राजनैतिक हस्तक्षपलाई अत्य गर्नु पर्ने बताउदै अध्यक्ष बस्नेतले कुशे गाउँपालिका–८ मा रहेको नेपाल राष्ट्रिय प्राथमिक बिद्यालयमा ४ बर्ष पहिला देखि अनुपस्थित शिक्षिका सुरिता भडेललाई बिद्यालय सम्पर्कमा आउन भोलिनै स्थानिय पत्रिकामा सुचना प्रकाशित गरिने अध्यक्ष बस्नेतले जानकारी दिए ।शैक्षिक सुधार गर्न गाउँपालिकाले निर्माण गरेको शिक्षा ऐनले पनि सहयोग गरेको बताउदै गाउँपालिकाको शिक्षा तथा खेलकुद बिकास शाखाका प्रमुख मानबहादुर गिरीले गाउँपालिका भित्रको परीक्षा प्रणालीलाई सुधार गर्नुपर्ने धारणा राखे । शैक्षिक सुधारमा ६८ प्रतिशत जिम्मेवारी शिक्षकहरुकै हातमा रहेको बताउदै प्रमुख गिरीले शैक्षिक सुधारमा ३२ प्रतिशत जिम्मेवारी सरकार र अबिभावकहरुले पुरा गर्नुपर्ने बताए ।
जुनिचाँदे गाउँपालिकाले पनि सवै प्रधानाध्यापकलाई एक ठाउँमा राखेर वृहत शैक्षिक अन्तरक्रिया गरेको छ । विद्यालयमा देखिएका समस्य हल गर्न यस्तो गरिएको गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीले बताए । नपढाएर खाने र कामचोर जो कोही भएपनि कारवाही गरिने उनको भनाई छ ।




सम्बन्धित समाचार


error: Content is protected !!