किन जनसाधारणको सहभागीता कम ?

जाजरकोट ,  स्थानीय तह स्थापना भएसँगै जाजरकोट सदरमुकाममा हुँने कार्यक्रममा जनसभागीता कम हुँन थालेको छ । सदरमुकाम खलंगामा हुँने कार्यक्रममा सरकारी कर्मचारी , सुरक्षा निकायका प्रमुख तथा सदस्यहरु , विद्यालयका बालबालिका मात्र देखिन थालेका छन् ।

सार्वजानिक चाँसोको कार्यक्रममा प्रचारप्रसारमा ध्यान नदिनु , थाहा पाउर पनि कार्यक्रममा सहभागीता जनाउन स्थानीयले ईच्छा नदेखाउदै जनसहभागिता कम हुँन थालेको हो । आज जाजरकोट सदरमुकाममा भएको एउटै कार्यक्रमका दई र्याली भएपनि सहभागीताका हिसावले हेर्दा निकै न्यून रह्यो ।

कार्यक्रममा प्रहरी , विद्यार्थी र कर्मचारी मात्र सहभागी भएको देख्न सकिथ्यो । मानव बेचविखन विरुद्धको र्याली भेरी नगरपालिका र जिल्ला प्रहरी कार्यालयले संयूक्त रुपमा गरेका थिए । कार्यक्रममा सामुदायिक विद्यालयका विद्यार्थी भन्दा निजी विद्यालयका विद्यार्थीको सहभागीता बढी रहेको थियो ।

मानव वेचविखन जस्तो महत्वपुर्ण मुद्धामा जनसाधारण कार्यक्रममा सहभागीता नहुँनु दुखत भएको पत्रकार वासुदेव शर्माले बताउनुभयो ।




सम्बन्धित समाचार


error: Content is protected !!