प्रदेशका बर्खास्त मन्त्री खत्रीसँग पाँच लाख धरौटी माग

काठमाडौं : उच्च अदालत पाटनले कर्णाली प्रदेशका पूर्व भौतिक पूर्वाधार विकासमन्त्री भएका खड्कबहादुर खत्रीसँग ५ लाख रुपैयाँ धरौटी माग गरेको छ। कर्णाली प्रदेश सरकारका मन्त्री रहेका खड्कलाई बैंकिङ कसुरसम्बन्धी मुद्दामा बयानका लागि पेश गर्न अदालतले आदेश जारी गरेको थियो।

न्यायाधीशद्वय श्रीकान्त पौडेल र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले समाह्वान म्याद जारी गर्न माग गरिएको मुद्दामा फरार अभियुक्तका रुपमा रहेका खत्रीलाई बयानका लागि उपस्थित गराउन आदेश दिएको थियो।

उनी बुधबार अदालतमा उपस्थित भए थिए। अदालतको आदेशपछि बर्खास्तमा परेका मन्त्री खत्रीलाई अदालतले वाणिज्य अदालतमा बयान लिएको थियो। कृषि विकास बैंकको नक्कली ग्यारेन्टीपत्र तयार पारी खत्रीसहितका पाँच प्रतिवादीले जिल्ला प्राविधिक कार्यालय भोजपुरमा पेस गरेको अभियोग लगाइएको छ।

यस्तो छ अदालतको आदेश




सम्बन्धित समाचार


error: Content is protected !!