जाजरकोटमा पहिरोले घर पुर्दा एकै घरका तीनको मृत्यु

जाजरकोट , १५ भदौ जाजरकोट भेरी नगरपालिका – २ तिमीले स्थित दलबहादुर वलीको घर पहिरोले पुर्दा दुई छोरी सहित आमा पुरिएर मृत्यु भएका छ ।
आज विहान १ ः३० बजे आएको आएको पहिरोले घर पुर्दा आमा ३२ वर्षीय पार्वती ओली , उहाँकी ९ वर्षीय मोतीकला ओली र ३ वर्षीय धनसरा ओली घर भित्र पुरिएर मृत्यु भएको जाजरकोटका डिएस्पी श्याम खत्रीले जानकारी दिनुभयो । पार्वतीका श्रीमान् बलबहादुर घर बाहिर सुतेका कारण वाँच्न सफल भएको उहाँले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालयबाट उद्धारका लागि टोली खटिएको , शसस्त्र प्रहरी पनि खटिएको उहाँले बताउनुभयो । अहिले घटना स्थलमा उद्धारकारी जारी रहेको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताउनुभयो ।




सम्बन्धित समाचार


error: Content is protected !!