सुर्खेतमा दुर्घटना : मृतकमध्ये एकको शनाखत


सुर्खेत : सुर्खेतको भेरीगंगा नगरपालिकामा भएको बस दुर्घटनामा मुत्यु भएका तीनजनामध्ये एकजनाको शनाखत भएको छ। मृतकमध्ये जाजरकोट बारेकोट गाउँपालिका-७ बस्ने वर्ष २५ कि लक्ष्मी बस्नेतको शनाखत भएको हो।
अन्दाजी ५२/५३ वर्षकी र अर्की अन्दाजी ३५/३६ वर्षकी गरी मृतक २ जना महिलाको भने शनाखत हुन नसकेको सुर्खेत प्रहरी कार्यालयका डिएसपी रवि रावलले जानकारी दिए।
गाडी चालक सल्यान बनगाड कुपिन्डे नगरपालिका-११ खनियाखर्क बस्ने वर्ष २३ को खिम ब. विक र सहचालक जिल्ला रुकुम आठ्बिसकोट नपा-११ बस्ने वर्ष १६ को भोला परियार प्रहरीको नियन्त्रणमा रहेका छन्। दुवैजना समान्य घाइते रहेका छन्।
घाइतेहरूमध्ये डोल्पा नर्कुकालिका ५ बस्ने ५० वर्षीय कर्ण बुढा, रुकुम पश्चिम चौरजहारी न.पा.२ बस्ने वर्ष ५० को टीका प्र. गौतम र भारत बहराईज बस्ने बर्ष ३५ को बुद्दुखां गुजरानको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।










