रविलाई विदेश जान रोक, मुद्दा विचाराधिन रहेकाले पुडासैनी प्रकरणमा टेलिभिज कार्यक्रममा नबोल्न आदेश


काठमाडौं । जिल्ला अदालत चितवनले रवि लामिछानेलाई पाँच लाख धरौटी माग गरेको छ । पाँच लाख बुझाएमा लामिछाने रिहा हुनेछन् ।
न्यायाधीश हेमन्त रावलको इजलाशले पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोप लागेका लामिछानेलाई पाँच लाख धरौटीमा छाड्न आदेश गरेका हुन् । आदेशमा पुडासैनी आत्महतया प्रकरणको मुद्दा अदालतमा विचाराधिन रहेकाले सोबारे टेलिभिजन कार्यक्रममा बोल्न नपाउने पनि उल्लेख छ ।
लामिछाने आफ्नो कार्यक्रम चलाउन भने पाउने छन् । तर, पुडासैनीसँग सम्बन्धित विषयमा भने कार्यक्रम गर्न पाउने छैनन् । त्यस्तै मुद्दाको किनारा नलागेसम्म लामिछानेलाई अदालतको पूर्वस्वीकृतीबिना विदेश जानसमेत रोक लगाउने आदेश भएको उनका कानुन व्यवसायी सुनिल पोख्रेलले जानकारी दिए ।










