रवि लामिछानेको सम्पत्ति खोज्दै प्रहरी

काठमाडौं । प्रहरीले टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेको सम्पत्ति छानविन गर्ने भएको छ । जिल्ला सरकारी वकिल कार्यालय, चितवनले अदालतमा पेश गरेको अनुसन्धान प्रतिवेदनमा प्रहरीले तीनै जनाको सम्पत्ति खोजी गरिरहेको उल्लेख छ ।

अभियोग पत्रमा भनिएको छ, ‘प्रतिवादीहरुको बैंक खाता विवरण हालसम्म प्राप्त नभएकाले प्राप्त भएपछि पेश गरिने व्यवहोरा समेत अनुरोध छ ।’

२० साउनमा चितवनको कंगारु होटलमा झुण्डिएको अवस्थामा भेटिएका पत्रकार पुडासैनीले मृत्युअघि खिचेको भिडियोमा ‘अवैध रुपमा करोडौं’ कमाएको भनिएको थियो ।

त्यसैले प्रहरीले सम्पत्तिको खोजी गरेको अनुसन्धानमा संलग्न एक अधिकृतले बताए । प्रहरीका अनुसार, लामिछानेको सम्पत्ति खोजी गर्ने क्रममा उनको बैंक खाता खोजिएको थियो तर, नम्बर प्राप्त नभएपछि राष्ट्र बैंकलाई पत्राचार गरिएको बताइएको छ ।

पत्रकार शालिकराम पुडासैनी लामिछाने प्रस्तोता रहेको ‘सिधा कुरा जनतासँग’का पूर्वसंवाददाता हुन् । हालै न्यूज २४ छाडेर उनी माउन्टेन टेलिभिजमा कार्यरत् थिए । प्रकरणमा लामिछानेसहित पत्रकार युवराज कँडेल र नर्स अस्मिता भनिने रुकु कार्कीविरुद्ध आत्महत्यामा दुरुत्साहनको मुद्दा दर्ता भएको छ । अहिले मुद्दामा थुनछेक बहस जारी छ ।




सम्बन्धित समाचार


error: Content is protected !!