बाढीले पुल बगेपछि स्थानीयलाई सास्ती

डोल्पा ः जगदुला गाउँपालिका– ५ र ६ मा रहेको चुकेना खोलामा आएको बाढीले पुल बगाउँदा स्थानीयलाई यात्रामा समस्य परेको छ ।
भदौ ६ गते बाढीका कारण पुल बग्दा यहाँका स्थानीयहरु ४ घण्टा उकालो बाटो हिडेर यात्रा गर्न बाध्य भएका छन् । स्थानीयवासीका जग्गाहरुमा लगाएको अन्न बाली हेरचाह गर्न जाँन अहिले समस्य परेको स्थानीयवासी मायालाल रोकायले बताउनुभयो ।
यही बाटो भएर हिड्नै दर्जनौ स्थानीयहरु अहिले ४ घण्टा उकालो बाटो हिडेर यात्रा गर्दा निकै समस्य हुँदे गरेको अर्का स्थानीय मानबहादुर विकले बताउनुभयो । बाढीले आफ्नो घर भत्काएरको उहाँले बताउनुभयो । जिल्लाको अति दुर्गम क्षेत्रमा पर्ने यो ठाउँमा सजिलो फोन सम्पर्क समेत गर्न नसकिने विकले बताउनुभयो ।
बाढीले बगाएको पुल कहिले निर्माण हुन्छ र हामी सजिलै यात्रा गर्न पाउँछौँ , स्थानीय करवीर विकले बताउनुभयो । एक गाउँबाट अर्को गाउँमा जान मात्र घण्टै लाग्ने यहाँका वस्तीमा पुल वगाएपछि झन समस्य भएको छ । रेडियो डोल्पा




सम्बन्धित समाचार


error: Content is protected !!