जनप्रतिनिधीलाई गुनासो सुनाउन : लट्ठी टिकेरै स्थानीय

Image may contain: 3 people, people sitting and tableकालीबहादुर नेपाली

जाजरकाेट ।

जिल्लाको छेडागाड नगरपालिका १३ का वुद्धिबहादुर सिहं उमेरले ७६ बर्षका भए । स्थानीय सरकार बनेको डेढ बर्ष भयो । नेताहरुले चुनावको वेला गाउँगाउँमा सिहंदरबार आउने चुनावी नारा लगाएका थिए ।

तर नागरिकले गाउँगाउँमा सिहंदरबारको महसुस गर्न पाएका छैनन् । यस्तै मध्येका पात्र हुन छेडागाड नगरपालिका १३ का वुद्धिबहादुर । शनिबार सुन्दर नेपाल जाजरकोट शाखाले आयोजना गरेको साझा सभामा लट्ठी टेकेर वुद्धिबहादुर नारायणी मा.विको हलमा पसे ।

त्यहाँ स्थानीय तहका जनप्रतिनीधि देखि कार्यालय प्रमुख सम्मको उपस्थिती थियो । खुशीले गदगद उनले, नेपाल पाेस्ट स‌ग कुराकानी गर्दै भने,आज बल्ल मनका कुरा राख्न पाइयो । पहिले देखिनै मेरा मनमा विकास निर्माणका कुरा खेल्दै आएका थिए । अब बोल्न पाइने भयो । वुद्धिबहादुर जस्तै छेडागाड नगरपालिका १३ का रामबहादुर सिहं पनि जनप्रतिनिधीलाई गुनासो पोख्न । कार्यक्रमको जानकारी ढिलै भएपनि त्यहाँ पुगे ।

उनले भने, आजको दिनलाई म यसरी लिन्छु जुन मेरो जिन्दगीको पहिलो खुशी हो । वुद्धिबहादुर र रामबहादुर जस्तै भेरीनगरपालिका र छेडागाड नगरपालिकाका झन्डै ७० भन्दा बढि स्थानीयले गुनासो सुनाएका थिए ।

Image may contain: 3 people, people smiling, people eating and people sitting

नागरिकको गुनासो नै गुनासो

शनिबार छेडागाड नगरपालिका १३ को नारायणी मा.विको हलमा भएको साझा सभामा स्थानीय नागरिकले जनप्रतिनीधिलाई प्रश्न नै प्रश्न अर्थात गुनासो नै गुनासो गरे ।

छेडागाड नगरपालिका १३ का वुद्धिबहादुर सिंहले,मेरी श्रीमति दिर्घ रोगी छिन अस्पतालमा जान्छु डाक्टर भन्छन् औषधी छैन,श्रीमतिको कसरी उपचार गर्ने । छेडागाड नगरपालिका १३ कै ललिता चन्दले डेलिभरीको समस्या छ अस्पतालमा डाक्टरले राख्न मान्दैनन् अस्पतालमा सुत्केरीलाई समस्या छ। भेरी नगरपालिका ७ की मिनाले विद्यालयको भवन मात्र बनेर भएन विद्यालयमा फर्निचरको व्यवस्था पनि हुनु पर्यो ।

भेरी र छेडागाड नगरपालिकाका स्थानीयले शिक्षा,स्वास्थ्य, खानेपानी ,विपद व्यवस्थापनका प्रश्न गरेका थिए ।

नआतिनुहोस हामी समस्या समाधानको पाटो खोज्छौँ ः नगरप्रमुख महतारा

छेडागाड नगरपालिकाका नगरप्रमुख लालबहादुर महताराले नागरिकको प्रश्नको उत्तर दिदैँ भने, हजुरहरु नआतिनुहोस हामी समाधानको बाटो खोजीरहेका छौँ । हामी स्थानीय सरकार सञ्चालको पहिलो सरकार हो ।

हामीलाई काम गर्न निकै अप्ठेरो भएको छ । हामी सकभर हजुरहरुको समस्या समाधानको बाटो खोज्ने छौँ । अबका दिनमा हामीले विभिन्न नागरिकका समस्यालाई हामीले नोट गरेका छौँ । समस्याहरु तत्काल समाधान हुने उनले दावी गरे ।

आरोप लगाउने होइन गरेर देखाउने वेला आयो ः नगरप्रमुख चन्द्र प्रकाश घर्ति

छेडागाड नगरपालिकाको वडा नंं १३ मा भएको साझा सभामा स्थानीयले सोधेका गुनासोको जवाफ दिदै, भेरीनगरपालिकाका नगरप्रमुख चन्द्र प्रकाश घर्तिले भने, हामी नेपालीहरु आफु नगर्ने अरुले गरेन भनेर आरोप लगाइरहेका हुन्छौँ ।

यसले हाम्रो देशलाई विकास गर्दैन, अव हामीले गरेर देखाउने बेला आएको छ । कार्यक्रममा नगरप्रमुख घर्तिले कृषि क्षेत्रमा,किसानले काम गर्दैन, विद्यालयमा शिक्षकले पढाउँदैनन्, योजनाका फाइल बोकी हिड्छन् यसरी कसरी हुन्छ सुधार ? आ आफ्नो क्षेत्रमा काम गरिदिए हाम्रो गरेमा विकास हुन्छ । नागरिकलाई नआतिनुहोस हामी काम गर्दै छौँ ।




सम्बन्धित समाचार


error: Content is protected !!