दोहोरो जिम्मेवारीले शैक्षिक गुणस्तर कम्जोर

जाजरकोट ः बारेकोट गाउँपालिका –४ का ११ बर्षीय रामबहादुर वस्नेत बिहानै गाग्री लिएर खोलाबाट भाई साँथमा लिएर आउँने दैनिक काम हो । उनको यो रहर नभई बाध्यता रहेको छ । घरमा सानो भाई छोडेर एक्लै खोलाबाट पानी ल्याउन जाँदा भाई लड्ने भएकाले उनी साथै भाईलाई पानीको गाग्री सँगै लिने गरेको बताउँछन् ।

उनका बावा ,आमा विहानै घरको काममा निस्किने भएकाले रामबहादुर घरमा रहेको पशुचौपायलाई घाँस दिने , खाना बनाउने र भाई हेर्ने सम्मको काम गरी विद्यालय जाँने गरेको बताउँछन् । घर देखि टाढाबाट घाँस , काटेर ल्याउने , दाउरा ल्याउने भएकाले अभिभावकहरु काममा निस्किदा बालबालिकाहरु घरको काम गरेर विद्यालय जाने गरेका छन् । उनी जस्तै अर्का पवित्रकुमार बोहराको भोगाई त्यो भन्दा फरक छैन् ।

घरको काम र विद्यालय जानुपर्ने समस्यले गर्दा यहाँका अधिकांश बालबालिकाको पढाई गुणस्तर नहुँदा विद्यालयमा गएर हाजिर लगाएर आउँने सम्म मात्र भएको शिक्षकहरु बताउँछन् । घरको काम र विद्यालय टाढा हुँदा पढाई रहर नभई बाध्यता जस्तै बन्दै गएको स्थानीय देवराज बोहराले बताउनुभयो ।

अभिभावकले विद्यार्थीलाई घरमा आए लगत्तै गृहकार्य गराउन र विद्यालयमा पढाएको कुरा हेर्ने चलन नहुँदा यस्तो समस्य भएको उहाँको भनाई छ । विद्यालयमा पढाएको कुरा भन्दा पनि घरमा बालबालिका आउँन वितिकै काममा लगाउने चलन बढी भएको शिक्षक सुरेन्द्र बस्नेतले बताउनुभयो । बारेकोट गाउँपालिका मात्र जिल्लाका अधिकांश क्षेत्रका बालबालिकाको दोहोरो जिम्मेवारीले सिकाई उपलव्धि राम्रो नभएको पाईएको छ ।

ग्रामीण क्षेत्रमा कामको चाप बढी हुँने भएकाले अभिभावक , बालबालिका समेत मिलेर काम गर्नुपर्ने बाध्यता रहेको छ । एउटै घरमा ४ भन्दा बढी बालबालिका हुँने भएकाले भनेको जस्तो लालनपालन र शिक्षा दिन नसकेको स्वयम अभिभावकहरु बताउँछन् ।

दलित समुदायका बालबालिकाहरुले विद्यालयमा भर्ना भएपनि नियमित कक्षाका उपस्थित हुँन नसकेको र कक्षा ५ भन्दा माथी पढ्न नसकेको पाईएको बारेकोट गाउँपालिका – ४ की वडा अध्यक्ष सिर्जना वस्नेतले बताउनुभयो । आर्थिक अवस्था कम्जोर भएका कारण अभिभावकहरु कमाई गर्न जाँनु पर्ने र वालबालिका तर्फ ध्यान दिन नसक्दा विद्यालयमा माथेल्लो कक्षा सम्म पढ्न नसकेको उहाँको भनाई छ ।
जव सम्म अभिभावक सचेत हुँदैन्न , तव सम्म शैक्षिक उपलव्धि हार्सिल हुँन नसक्ने बारेकोट गाउँपालिका – ५ का जेष्ठ नागरिक जनकबहादुर शाहीले बताउनुभयो । विद्यालयमा पढाएका कुरा घरमा पढ्न नपाउँदा विद्यार्थीहरुको शैक्षिक उपलव्धि कम्जोर भएको शाहीको भनाई छ ।
स्थानीय सरकारका शिक्षा शाखा वेखवर
जाजरकोटका स्थानीय तहले विद्यालय अनुगमण प्रभावकारी रुपमा नगर्दा विद्यालयको पढ्न पाठन समस्य भएको छ । प्रयाप्त कर्मचारी तथा जनशक्ति नहुँदा प्रभावकारी अनुगमन नभएको हो । ७ वटा स्थानीय तहमा शिक्षाका कर्मचारीहरु प्रयाप्त नहुँदा अनुगमन कार्य भने जस्तो नभएको शाखाले बताएका छन् ।

सदरमुकाम स्थित शिक्षा विकास तथा समन्वय इकाईमा कर्मचारी नहुँदा दुई जना कर्मचारीको भरमा कार्यालय चल्दै आएकोले गाउँमा विद्यालय अनुगमन गर्न नसकिएको र कार्यक्षेत्र नाघेर अनुगमन गरेको स्थानीय तहले आरोप लगाउँदा त्यता ध्यान दिन नसकेको कार्यालयले बताएको छ ।

प्रभावकारी अनुगमन नहुँदा कति शिक्षक पढाई रहेका छन् , कति गएल भएका छन् भन्ने जानकारी हुँन सकेको छैन् ।




सम्बन्धित समाचार


error: Content is protected !!