बाबुराम र कमल बीच सामाजिक सञ्जालमा आराेप-प्रत्याराेप

काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकरलाई भेटेको विषयमा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाबीच सामाजिक सञ्जालमा आराेपप्रत्याराेप चलेको छ ।

थापाले पूर्व प्रधानमन्त्रीहरूले कूटनीतिक मर्यादा बिर्सेर लम्पसारवादको नमूना पेस गरेको भनेपछि डा. भट्टराईले जवाफ दिएका छन् ।
परराष्ट्र मन्त्री रहिसकेका थापाले ट्विटरमा लेखेका छन्, ‘फेरि एक पटक देउवा, भट्टराई र यादवले कूटनीतिक मर्यादा र स्वाभिमानलाई उपेक्षा गर्दै लम्पसारवादको नमूना पेस गरे ।’
भट्टराईको जवाफ यस्तो छ, ‘सिसाको घरमा बस्नेले अर्काको झुपडीमा ढुंगा हान्नु हुँदैन भन्ने लोकोक्ति मेरा सहपाठी मित्रले स्मरण गर्नु राम्रो होला । सुगौली सन्धियताका शासकले भित्र दिल्लीको चाकरी गर्ने र बाहिर राष्ट्रवादको डंका पिटेर जनता ठग्ने विरासत तोड्दै हामी छिमेकीसँग देशको हितमा खुला सम्बन्ध राख्ने पक्षमा छौं ।’










