मलेसियामा जाजरकोटका प्रेम पक्राउ

जाजरकोट – जाजरकोटका एक यूवक मलेसियामा पक्राउ परेका छन् ।
जिल्लाको जुनीचाँदे गाउँपालिका कार्ता³का प्रेमबहादुर विटालु पक्राउ परेका हुन । विटालुलाई मलेसियाको सरकारले अवैधानिक रुपमा बसेको भन्दै दुई महिना देखि उनलाई पक्राउ गरि थुनामा राखेको छ ।
मलेसियाको पेर्ना³मा अवैधानिक रुपमा उनी बस्दै आएका थिए । उनका साथी मानबहादुर थापाले नेपाल पोस्ट संग कुराकानी गर्दै भने,साथीलाई पक्राउ गरेको दुई महिना भईसक्यो ।
उनलाई छुट्याउन मलेसियन रुपैयाँ दिएर छुट्याउन सकिन्छ हामी संग पैसा नै छैन घरपरिबारलाई थाहा पनि छैन निकै समस्या भएको छ । मैले मात्र दिएको पैसाले केहि काम गर्दैन साथीलाई छुटाउन सबैलाई सहयोग गर्न म अपिल गर्दछु ।










