फेरीयो संस्कृति फेरीएन संस्कार

रमेश अधिकारी
प्रिन्सीपल
जाजरकोट प्राविधिक कलेज
देश विभिन्न कालखण्ड पार गर्दै समृद्धिको नाारामा अगाडी लम्किदै छ । देश र समाज लाई परिर्वतन गर्न सर्बप्रथम त कार्य गराई तरिका परिर्वतन हुन आवश्यक छ ।
हिजोका ति विभिन्न युगहरु र समयले ल्याएका परिर्वतनहरुलाई निहालेर हेर्दा हाल के परिर्वतन आयो त यस प्रश्नको जवाफ दिन धेरै जनालााई अप्ठ्यारो महशुस हुन सक्छ । विकास हुनु र पुर्वधार विस्तार हुनु मात्र पुर्ण विकासको अवस्था नहुन सक्छ ।
सभ्यता संस्कृति र सोचमा परिर्वतन पनि हुनु पर्छ बल्ल मात्र विकासको लक्ष्य पुरा हुन सक्छ । समाजमा हुने गरेका विभिन्न विकृती र विसगंतीलाई हेर्दा अहिले पनि हामि परिर्वतनको महसुश गर्न सक्ने अवस्थामा छैनौ । गरिब,पिछडावर्गलाई आफ्नो हक अधिकारको बारेमा सचेतिकरण गर्नु वर्तमान समयको आवश्यकता देखिएको छ ।
समाजमा राम्रा भन्दा नराम्रा कामले प्राथामिकता पाउन थालेका छन् । धुम्रपान,मद्यपान,जाँड,रक्सी,जुवातास र यस्तै अनेकौ अनैतिक विकृति मच्चाउने कार्य समुदायमा व्याप्त छन् । कुनै समुदायमा गयौ भने हामिले देख्न सक्छौ कि हाम्रो संस्कृतिले ल्याएको परिर्वतनमा दादागिरी र डरपकको सजाय पाउनेहरु नै हभिनुत देखिन्छन् ।
जस बाट एउटा वर्ग त्रासमा पिरलिएको छ, अर्को वर्ग यस कामलाई मात्र सम्पुर्णता हो भन्ने सोचमा छ । यसै गरि पितृसत्तात्मक सोचले गर्दा हाम्रा समाजका महिलाहरु आफ्नो हक र अधिकारको बारेमा अहिले सम्म सुसुचित हुन सकिरहेका छैनन् । जातिय विभेद,लैगिंक विभेद,लैगिंक असमानता नै समाजका पहिलो समस्या रहेका छन्,सकरात्मक कार्यको प्रसंशा गर्न समाजमा कसैलाई आउदैन । कुनै पनि सकरात्मक काम गर्न कसैको पनि हौसला हुदैन,कुरा काट्दै,दिन बिताउनै समाजका महिलाहरु ब्यस्त छन् भने,झगडा गर्दै,नराम्रो सोच्दै,विकृति मच्चाउदै पुरुषहरु बरालिरहेको छन् ।
सबै बेरोजगारहरुलाई रोजगारीको ग्यारेन्टी गर्न ल्याईएका विभिन्न कार्यक्रमहरुले निरन्तरता पाउन नसक्दा बेरोजगारी समस्या बढ्दो क्रममा रहेको छ । व्यवसायिक र रोजगारमुलक शिक्षा तथा तलिमहरुकको अभावले गर्दा समाज बेरोजगारिको मारमा छ । समय जति परिर्वतन हुनै छ त्यतिनै समाजमा बेरोजगारहरुको लहर उचिदै छ । शिक्षामा रुपान्तरण उद्यमशिलता र नव प्रर्वद्धन भनेर सरकारले भर्खर मात्रै राष्टिय युवा दिवस मनाईसकेको छ तर नारा लाउन खुबै जासिने युवाहरुको सोच भने उद्यमशिलतामा नवपर्वद्धनको अर्थ बुभ्mन सकेको देखिएन जब सोच परिर्वतन हुनैन तब सम्म समाज त के व्यक्तित्व पनि सुध्रिन साह्रै गाह्रो देखिएको छ ।
अवसर र सम्भावनाको खोजि गर्न पर्ने बेला समाजको शिक्षित युवा खोयाविर्के झोलमा रमाईरहेको छ । कैयौँ युवाहरु त यहि कारणले मृत्वको मुखमा परिरहेको पनि हाम्रो सामु तितो यर्थाथ छ । न सरकारको निति नै स्पष्ट किटान गर्यो न त हात पाखुरा भएका युवाहरुको सोच नै सकरात्मक भईदियो यो दुबै कारण समाज निर्माणको एउटा बाधक भईदियो । सोच र समयलाई संगसंगै लैजानु आजको आवश्यकता हो ।
भाग्यलाई सर्वश्रेष्ठ ठान्ने परम्परागत समाजमा बैज्ञानिक संस्कार आउन साह्रै गाह्रो विषय छ जब सम्म वैज्ञानिक समाजबादको परिकल्पना कार्यन्वयन हुन सक्दैन तब सम्म समाजको परम्परागत सोच परिर्वतन पनि सम्भावना छैन । त्यसैले संस्कार बदल्न सोच संगै सोहि अनुसारका कार्यक्रमहरु पनि परिर्वतन गर्न आवश्यक छ । अपराध,अन्याय र सकरात्मक सोच भएका व्यक्तिहरुलाई यो समाजमा टिक्न नै गाह्रो भैसकेको छ । सकरात्मक सोच जब सम्म युवाहरुमा देखिदैन तब सम्म सकरात्मक परिर्वतन देखिदैन, यँहा कम्जोरी कसको मान्ने सर्बप्रथम त सरकारी निति स्पष्ट किटान हुन आवश्यक छ जुन कार्य कागजि रुपमा मात्र होईन स्वभावतः त कार्यन्वयनमा देखिनुपर्छ ।
शिक्षाले मात्र मानिसलाई परिर्वतन गर्न सक्दैन साथ साथमा आफु भित्रको ज्ञान हुन आवश्यक छ । सो ज्ञान परिर्वनको पहिलो खुड्किलो तालिम हो । सोच र व्यवहार परिर्वतनको लागि पनि सिप आवश्यक हुन्छ सो सोच परिर्वतन हुन किन सकेन सकरात्मक काममा हौसला दिनुपर्ने ठाँउमा उल्टो खुट्टा तान्ने पवृद्धि हाम्रो समाजमा रहेको छ । हौसलाले मान्छेलाई कार्यप्रति दृढ बनाउछ,उर्जावान बनाउछ र उसलाई सकरात्मक कार्य तर्फ ध्यानआर्कर्षित गराउछ । काम गर्ने तरिका परिर्वतन गरे मात्र कामको प्रतिफल फरक आउछ ।
हामि जति सकरात्मक परिर्वतनका कुरा गछौ त्यति सकरात्मक काम गर्न जान्दैनौ । अरुलाई काम प्रति पृष्ठपोषण दिन सक्छौ तर आफ्ना पृष्ठपोषण माग्दैनौ,अरुको सकरात्मक कामको प्रशांसा गछौ तर आफ्नो कामको प्रतिफल अनुमान गर्दैनौ । त्यसैले सकरात्मक साचौ,सत्य गरौ समाजलाई परिर्वतनको कोशेढुगां सावित गरौ सबैलाई शुभकामना ।









