नगरपालिकाको सेवाप्रवाह सम्बन्धी गोष्ठी

कालीबहादुर नेपाली
जाजरकोट ।
जिल्लाको भेरी नगरपालिकाको सेवाप्रवाह सम्बन्धी गोष्ठी भएको छ । मंगलबार पारस्पारिक जवाफदेहिता र सुन्दर नेपाल जाजरकोटको सहकार्यमा उक्त गोष्ठी सम्पन्न भएको हो ।
जिल्लाकै सुगुम मानिएको भेरीनगरपालिकाले प्रवाह गर्दै आएको सेवा सम्बन्धमा गोष्ठी केन्द्रित भएको सुन्दर नेपाल जाजरकोटका कार्यक्रम संयोजक रवि चन्द्रले बताए ।
उक्त गोष्ठीमा भेरीनगपालिका नगरप्रमुख चन्द्रप्रकाश घर्तिले भेरी नगरपालिका सेवाप्रवाहको सम्बन्धमा जाजरकोटका अन्य स्थानीय सरकार भन्दा बलियो रहेको बताए । उनले भने, हाम्रो नगरपालिका डिजिटल माध्यम बाट चलेको छ ।
सेवाप्रवाहको सम्बन्धमा जिल्लाका अन्य स्थानीय तह भन्दा हामी अगाडि छौँ । नगरपालिका बाट उपलब्ध हुने सबै सरकारी सुचनाहरु हाम्रो वेवसाइट र फेसबुक पेजमा हेर्ने सकिन्छ । सहभागिहरुले जिल्लाको सुगुम मानिएको नगरपालिकाको अहिले सम्म सार्वजनिक सुनवाई हुन नसक्नु केहो ? भनेर सोधेको प्रश्नमा नगरप्रमुख धर्तिले विभिन्न प्राविधिक समस्याले गर्दा सार्वजनिक सुनुवाई गर्न निकै समस्या परेको हो ।
आगामी दिनमा हामी तत्काल गर्ने प्रयासमा छौँ । हामीले महिला तथा बालबालिकाको सवालमा बालबालिकाको लागि बालबालिका संग मेयर कार्यक्रम र महिलाको सवालका उपमेयर संग महिला कार्यक्रम लागु गरेका छौँ । सेवाप्रवाहको सम्बन्धमा नगरपालिका जाजरकोटमा उच्च स्थानमा रहेको प्रमुख धर्तिले बताए । भेरीनगरपालिकाका निमित प्रमुख प्रशासकिय अधिकृत दलबहादुर बुढाले भने, गुणस्तरीय शिक्षामा नगरपालिका कमजोर रहेको बताए । शिक्षा बाट नै सबै नागरिक उत्पादन हुने र शिक्षा क्षेत्र संवेदनशीले क्षेत्र भएकोले गुणस्तरीय शिक्षामा ध्यान नपुगेको उनको भनाई छ । गोष्ठीमा भेरीनगरपालिकाकी उपप्रमुख भावना भण्डारीले,न्यायिक क्षेत्रमा पनि नागरिकलाई सहज मात्रामा सेवा प्रवाह गरेको बताइन ।
उनले भनिन् पहिले महिला लगायतका अन्य मानिसहरु न्याय माग्न सिधै प्रहरी र अदालतमा जान्थे । तर न्यायिक समिती गठन गरेपछि नगरपालिकाको न्यायिक समितीमा आउने गरेका छन् । सहभागिहरुले नगरपालिकाकमा मेलमिलाप कर्ता अझै बढाउनु पर्ने माग गरेका छन् ।
कार्यक्रममा भेरीनगरपालिकाका, विभिन्न शाखाका प्रमुख,लगायत जिल्लामा क्रियाशिल प्रत्रकार तथा संञ्चारकर्मी र भेरीनगरपालिकाका सबै वडाका अध्यक्ष लगायत कार्यपालिका सदस्यहरुको उपस्थिती रहेको थियो । भेरीमालिका दैनिक जाजरकोट










