विप्लव समुहको ब्यानर छाप्ने व्यक्ति नै कारबाहीमा

सल्यान : सल्यानमा सरकारद्वारा प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाको व्यानर छापेको आरोपमा प्रहरीले एक व्यापारीलाई पक्राउ गरेको छ।

शारदा नगरपालिका-१ श्रीनगरमा केसी डिजिटल आर्ट सञ्चालन गर्दै आइरहेका हरि केसीलाई पक्राउ गरेको हो। यहि भदौ १ गते नेकपाले छत्रेश्वरी गाउँपालिकाको लान्तिमा मन्दिरको कब्जा गरेको व्यानर र झन्डा छापेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

राज्यको हितविपरीतको कार्य हो भन्ने थाहा हुँदाहुदै अपराधिक क्रियाकलापमा चाहिने सामग्री निमार्ण गर्छ भने त्यो पनि अनुसन्धानको दायरामा आउने प्रहरी प्रमुख वीरेन्द्रबहादुर शाहीले बताए। उनले भने ‘सबैले प्रयोग गर्ने चिजहरू बनाउछ तर त्यो पनि अपराधिक क्रियाकलपामा प्रयोग हुन्छ भने त्यो व्यापारीको दोष होइन तर व्यानर भनेको त बकाइदा टाइप गरिन्छ, प्रिन्ट गरिन्छ।

त्यसमा स्पष्ट लेखिएको छ। विप्लव समूह प्रतिबन्ध छ भन्ने जान्दाजान्दै झन्डा, व्यानर गराउने व्यक्तिलाई अनुसन्धानमा ल्याइएको हो। ’ विप्लव नेतृत्वका दुई कार्यकर्ता पक्राउ चन्दा संकलन कार्यमा संलग्न भएको भन्दै जिल्ला प्रहरी कार्यालय सल्यानले विप्लव नेतृत्वको भातृ संगठन अखिल क्रान्तिकारीका दुई जिल्ला सदस्यलाई पक्राउ गरेको छ।

विभिन्न व्यापारी तथा व्यवसायीलाई आर्थिक सहयोगका लागि पत्र दिई चन्दा संकलनमा संलग्न भएको भन्दै बागचौर नगरपालिका-५ बस्ने १९ वर्षीय महेश कुमार विक र शारदा नगरपालिका-१३ स्यानीखाल बस्ने १८ वर्षीय सुरेश भारतीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। तीनै जनालाई हिरासतमा राखी अनुसन्धान भइरहेको प्रहरी प्रमुख शाहीले बताए।




सम्बन्धित समाचार


error: Content is protected !!