बस्तीनै पहिरोको जोखिममा

डिल्लीराज विश्वकर्मा 
डिल्लीराज विश्वकर्मा
जाजरकोट, ः निरन्तरको भारी वर्षाका कारण सडक भासिदा यहाँको एक गाउँ उच्च जोखिममा परेको छ । जिल्लाको नलगाड नगरपालिका – ८ का १८ घरहरु पहिरोको जोखिमा रहेका छन ।
मन्मै – काव्रा सडक खण्ड अन्तरर्गत पर्ने सिमा स्थित पहिराचाँदा , तल्लो सिमाका १८ घर जोखिममा परेका हुँन् । विना प्राविधिक स्टामेट , डोजरद्धारा वडा अध्यक्ष गोविन्द शाहीले आफै निर्माण गरेको उक्त सडकका कारण अहिले यहाँका स्थानीयहरुको उठेवासको अवस्थामा पुगेको बताएका छन् । दिनमा घर बस्ने तर राती भएपछि घर छोडेर छिमेकी गाउँमा गएर रात विताउने गरेको हरीबहादुर विकले बताउनुभयो । जोजर चालक नै ईन्जिनियर भएर खनिएको सडकका कारण सडक भाँसिदा धन कुमारी विक, हरी बहादुर विक, लाल बहादुर विक, कल्पना विक, अनन्त विक, गोरख बहादुर विक, कर्ण बहादुर विक, टेक बहादुर विकका घरहरु पहिरोको जोखिममा रहेका नलगाड नगर कार्यपालिका सदस्य नर बहादुर नेपालीले जानकारी दिनुभयो ।
यस्तै उहाँका अनुसार अमृता विक, हस्ते कामी रत्न बहादुर विक, मन बहादुर विक, टेक बहादुर खत्री, मोती प्रसाद खत्री र नर बहादुर खत्री लगाएतका त्यहाँका १८ घरहरु पहिरोको जोखिमा रहेका छन् ।
२०७३ सालमा निर्माण गरिएको मन्मै, सिमा जिकुवा हुँदै काव्रा सम्म निर्माण गरिएको सडक खण्डमा अहिले ठाउँ , ठाउँमा पहिरो आउँदा स्थानीयहरु त्रसिद छन् । जमिन भासिएकाले गाउँनै पहिरोले बगाउने होकी भन्दै स्थानीय त्रसित भएका छन् । सम्बन्धीत निकायले विपद न्युनिकरणका लागि समयमै ध्यान नदिए ठुलो क्षेती हुन सक्ने उहाँको भनाई छ । भिरालो ठाउँ र कम्जोर भु बनोटका कारण यहाँ जोखिम बढेको हो ।










