बिपन्न परिवारलाई निःशुल्क मिटरबक्स

जाजरकोट, १ भदौ(रासस)ः नेपाल विद्युत् प्राधिकरण जाजरकोट वितरण केन्द्रले भेरी नगरपालिका विपन्न परिवारलाई निःशुल्क रूपमा विद्युतको मिटरबक्स वितरण गरेको छ ।
प्राधिकरणले यहाँका गरिव तथा मिटर वक्स खरिद गर्न नसक्नेलाई निःशुल्क मिटरबक्स वितरण गरेको हो । भेरी नगरपालिका को १,३, ४, १०, ११, १२ र १३ वडाका विपन्न परिवारलाई ४९३ थान मिटर निःशुल्क रूपमा विद्युतको मिटर बक्स वितरण गरिएको हो । वडा कार्यालयले गरेको सिफारिसका आधारमा विद्युत् प्राधिकरणले निःशुल्क मिटर बक्स वितरण गरेको हो ।
विद्युत् प्राधिकरण जाजरकोट वितरण केन्द्रका प्रमुख लोकबहादुर खड्काले उज्यालो नेपाल कार्यक्रमअन्तर्गत सबैको गरिबको घरको अन्धकार हटाउन प्राधिकरणको केन्द्रीय योजनाअनुसार मिटर बक्स निःशुल्क वितरण गरिएको जानकारी दिनुभयो । यो अभियानले विद्युत् चोरी अभियानको अन्त्य हुने उहाँले आशा व्यक्त गनुभयोे । वडा नं १ का वडा अध्यक्ष दीपक रानाले सधंै आसपासका धनी मानिसको घरको उज्यालो हेरेर बस्नु पर्ने परिस्थिति अन्त्य गर्न विद्युतले निकै उदारणहरणिय भूमिका निर्वाह गरेको बताउनुभयो ।
सिफारिसका आधारमा मिटर बक्स वितरण गरिँदै
जाजरकोट विद्युत् प्राधिकरणले वडा कार्यालयको सिफारिसको आधारमा निःशुल्क मिटर बक्स वितरण गरेपछि गरिवका घरमा पनि विद्युत बलेको छ । यसअघि प्राधिकरणले आफ्नो कार्य क्षेत्रअन्तर्गत पर्ने सुर्खेतको सिम्ता गाउँपालिका निःशुल्क मिटर बक्स वितरण सकिसकेको छ । जिल्लामा एउटा मिटर बक्सको मूल्य सेवा शुल्कसहित २ हजार ५ सय रुपैयाँ पर्छ । त्यो जडान गर्न आवश्यक तारसहित सबै जोडेर एउटा मिटर बक्सको कुल ४ हजार २ सयदेखि ४ हजार ५ सय रुपैयाँसम्म पर्ने खड्काले बताउनुभयो । पहिला हामी नगरपालिकाका विकट बस्तीमा वितरण गर्न थालेको बताउनुभयो । विद्युतको लाईन विस्तार कार्य जारी रहेकाले मिटर वक्स वितरण कार्य सँगै बढेको खड्काको भनाई छ ।




सम्बन्धित समाचार


error: Content is protected !!