जहाँ सूचनाअधिकारी नै छैन्न

जाजरकोट ,  यहाँका ५ वटा सरकारी कार्यालयले सूचना अधिकारी नै नतोकेको फेला परेको छ ।

आज प्रमुख जिल्ला अधिकारी ललितकुमार वस्नेतको नेतृत्वमा जाजरकोटका १३ वटा सरकारी कार्यालयको अनुगमण गर्दा यस्तो फेला परेको हो ।

सूचना अधिकारी नै नभएका कार्यालयहरुमा प्रधानमनत्री कृषि आधुनिकिरण परियोजना सुन्तला विभाग , कृषि ज्ञान केन्द्र , वृहत जलाधार कार्यालय , डिभिजन वन कार्यालय र जाजरकोट अस्पतालमा सूचना अधिकारी नभएको पाईएको छ ।

संघिय सरकारको मताहातमा रहेका ५ कार्यालय , प्रदेश माताहातका ६ र अन्य २ कार्यालयमा अनुगमण गरिएको थियो । अनुगमण गरिएका कार्याालयमा २३ जना कर्मचारी कार्यालयमा उपस्थित नभएको पाईएको प्रजिअ वस्नेतले बताउनुभयो । तोकिएको पोशाक नलगाउने कर्मचारीको संख्य ३० जना रहेको छ ।

नागरिक वडापत्र नभएका कार्यालय ११ ,सूचना अधिकारी , नाम, पद र फोन नम्वर टाँस नगरिएका कार्यालयको संख्य ९ , धुर्मपान , मध्यपान निधेष भनि नलेखिएको कार्यालय संख्य १० , म भ्रष्टाचार गर्दिन र गर्न दिन्न भन्ने भनाई नलेखिएको कार्यालयको संख्य ९ रहेको प्रजिअ वस्नेतले बताउनुभयो ।

कर्मचारीले पोशाक भत्ता वुझेपनि पोशाक नलगाउने , परिचय पत्र साथमा नराख्ने र तोकिएको समयमा कार्यालय नआउने गुनासो बढेपछि जिल्लाका सरकारी कार्यालय अनुगमण गरिएको प्रजिअको भनाई छ ।




सम्बन्धित समाचार


error: Content is protected !!