काँशिल खोला बाट पीडितलाई क्षतिपुर्ती र भेरी करिडोरमा पुलको पुर्व मन्त्रीको पहाडीको माग

जाजरकोट , पुर्व शान्ति तथा पुन निर्माण मन्त्री तथा प्रतिनिधीसभा सदस्य सत्य पहाडीले मुड्केचुला गाउँपालिका १ काँशिलखोलामा पहिरोको कारण भएको जनधनको क्षती र भेरी करिडोरमा पुल निर्माण कार्य छिटो हुँनुपर्ने कुरामा जोड दिनुभएको छ ।
प्रतिनिधीसभाको विशेष समयमा बोल्दै पहाडीले वेपता भएका मध्य ९ जनाको अझै लास फेला पर्न नसकेको र पुल , खानेपानी सवै बगाएकाले छिटो निर्माणमा ध्यान दिन सरकार सँग माग गर्नुभएको छ ।
मृतकका छोरा, छोरीलाइ निशुल्क शिक्षा , रोजगार र पालनपोशन गर्न समेत उहाँले माग गर्नुभएको छ ।










