नगरपालिकाले तोक्यो मदिरा सेवन गर्ने समय

हेमन्त केसी
जाजरकोट ,  मदिरा  सेवन बाट अशान्ति र अमर्यादित कार्य भएको भन्दै नलगाड नगरपालिकाले सेवन गर्ने समय तोकेको छ ।

नगरपालिकाका १३ वटा नमुना बस्तीमा ६ महिना भित्र पुर्ण रुपमा मदिरा निषेध गर्ने र अन्य ठाउँमा नगरपालिकाले तोकेको समयमा मात्र सेवन गर्न उद्री जारी गरेको छ । नगरपालिकाको पाँचौ नगरसभाबाट नमुना बस्ती बाहेक अन्य ठाउँमा साउन १ गते देखि लागु हुँने गरी कार्तीक मसान्त सम्म वेलुका ७ बजे देखि ९ बजे सम्म मधिरा सेवन गर्न आग्रह गरिएको छ ।

त्यस्तै गरी मंसिर १ देखि फागुन ३० गते सम्म बेलुका ६ बजे देखि ८ वजे सम्म सेवन गर्न उदी जारी गरिएको छ । त्यस्तै चैत्र १ गते देखि २०७७ असार मसान सम्म ७ बजे देखि ९ बजे सम्म मात्र मदिरा खाना आग्रह गरिएको छ । छिमेकी जिल्ला रुकुम पश्चिम आठविसकोट नगरपालिकाको सिको गदै नलगाड नगरपालिकाले मधिरा निषेध गर्ने अभियान थालेको छ । नगरपालिकाको यो निर्णयमा कस्तो खालको मदिरा सेवन गर्न पाईने भन्ने कुरा खुलाएको छैन ।

नगरपालिकाले १३ ठाउँमा नमुना बस्ती निर्माण गरी त्यहाँ साचिक्कै कामको नमुना हुँनुपर्ने अवधारणा लागु गरी वजेट समेत व्यवस्थाप गरेको छ । नमुना गाउँमा स्वागत द्धवार , सरसफाई , खानेपानी , खोपयूक्त हुनुपर्ने लगाएको मापदण्ड बनाएर काम भईरहेको छ ।

यो भन्दा अगाडी नलगाड नदी र भेरी नदीमा माछा मार्न प्रतिवन्ध लगाएको नगरपालिकाले अहिले मदिरा सेवन गर्न समय तोकेको छ । नगरपालिकाले सेवन नगर्न उद्धी जारी गरेपनि आम नागरिकको पहुँचमा सुचना प्रवाह नहुँदा कार्यन्वयमा समस्य हुँने देखिएको छ ।

स्थानीय सरकारले सञ्चार माध्यममा सुचना प्रशारण र प्रकाशन नगर्ने तर फेसवुकमा मात्र चिठी प्रकाशित गर्दा आम नागरिक सम्म जानकारी कम हुँने गरेको स्थानीय पत्रकार वद्री पन्तले बताउनुभयो । मधिरा निधेष गरेपनि स्थानीय सरकारका प्रतिनिधी आफै मदिरा सेवन गरेको समेत फेला परेको स्थानीयवासीको गुनासो छ ।

सवै ठाउँमा प्रहरीको उपस्थिती नहुँने र जनप्रतिनिधीले निर्णय कार्यन्वयमा लापरवाही गर्दा निर्णय कार्यन्वयमा समस्य भएको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!