शिकारीले पासोमा पारेर चितुवा मारे

जाजरकोट , जाजरकोटमा शिकारीले पासोमा पारेर चितुवा मारेका छन् । जिल्लाको भेरी नगरपालिका –९ झुर्पाखोलामा शिकारीले चितुवालाई पासोमा पारेर मारेका हुँन् ।
स्थानीयवासीले घाईते चितुवा भेटिएको खवर गरेपछि डिभिजन वन कार्यालयको टाली घटनास्थल पुगेपनि चितुवा मरिसकेकोले बचाउँन नसकिएको प्रमुख जिल्ला अधिकारी ललितकुमार वस्नेतले बताउनुभयो । पछेल्लो समयमा वाघका प्रजातीहरु शिकारीको मुख्य निसानामा पर्ने गरेका छन् । वन डिभिजनको जिल्लाका सवै ठाउँमा पहुँच नहुँनु र स्थानीय सरकारले संरक्षणका लागि ध्यान नदिदा दैनिक वन्यजन्तु मारिन क्रम बढेको छ ।
मृत्यु भएको चितुवाको पोष्टमार्टम गरेर गाडिएको डिभिजन वन कार्यालयका पुर्ण चन्दले जानकारी दिनुभयो ।










