बाढीले बगायो तीन घर , विस्थापित १५ घर विद्यालय बस्न बाध्य

डिल्लीराज विक
रुकुम पश्चिम ः आठविसकोट नगरपालिका ६ मन्काबगरमा बाढीले तीन ओटा घर वगाएको छ । अविरल वर्षा सँगै आएको बाढीले मन्काबगरमा ३ वटा घर बगाएको छ भने त्यहाँका अन्य १५ घर परिवार विस्तापित भएका छन ।
ठुलिभेरीमा पानीको बहाव बढेसंगै मन्काबगरमा वाढीको कारण गाउँनै जोखिममा परेको हो । भेरीले भीमबहादुर थापा, कालिबहादुर बोहरा र प्रताप बोहराको घर बगाएको वडा सदस्य नैना बोहराले बताउनुभयो ।
उहाँका अनुसार बिस्तापित घर परिवारलाई वडामा रहेको कालिका आधारभुत बिद्यालयमा राखिएको छ । भेरीको बहाब बढिरहेकाले अहिले पनि बस्ती कटान भैरहेको उहाँले जानकारी दिनुभयो । भेरी नदी सँगै बाढी आइरहेकाले कति खेर गाउँनै बगाउने हो भन्दै मन्काबगरका स्थानीय चिन्तीत बनेका छन । ठुलिभेरी नदीमा आएको बाँढि बस्तीमा पस्दा यती धेरै क्षेती भएको वडा सदस्य बोहराको भनाई छ । यस्तै वडा नम्बर ६ कै ज्यामिरेमा पनि नदिले कटान गरिरहेकाले बस्ती जोखिममा रहेको उहाँले बताउनुभयो ।
त्यस्तै वडा नम्वर ४ को गोतामकोटमा चोचे कामीको घर बर्षाको कारण भत्किएको बताइएको छ ।रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्वर २ मा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।
आज बिहान भिरमा घाँस काट्न गएकी ५६ बर्षिया हिरा पौडेलको भिरबाट लडेर मृत्यु भएको हो ।
आज बिहान गोलखाराडाँडाको भिरमा घाँस काट्न गएकि पौडेलको उक्त भिरबाट लडेर मृत्यु भएको छ । बिहान लडेकी पौडेललाई पशु चराउन गएका गोठालोले भेटाएर परिवारलाई खवर गरेको परिवारीक स्रोतले जानकारी दिएको छ ।
मृतक पौडेलको टाउकोमा गहिरो चोट लागेकाले घटना स्थलमै मृत्यु भएको बताइएको छ ।।










