प्रेरणादायी सिडिओ


जाजरकोट ः पेशाले प्रमुख जिल्ला अधिकारी जहाँ भारी कामले थिचिरहने ठाउँ ? त्यतिकै कार्यालयमा कामको चापाचाप कति , कति ? जिल्लाको शान्ति सुरक्षादेखि अन्य दैनिक प्रशासनिक कामको ठुलो ताँती ।
ब्यस्तताका बीचमा पनि जाजरकोटका प्रजिअ ललितकुमार बस्नेतको कलम लेखन तथा सुचना सम्प्रेशनमा भने निकै गति देखिन्छ । उहाँ निरन्तर किताब लेखन र सामाजिक सञ्जाल मार्फत प्रश्नको उत्तर समेत विद्यार्थीलाई दिन भ्याईरहेको देखिनुहुन्छ ।
पुस्तक लेखन सुरु गरेको करिव १८ वर्ष भएको उहाँ बताउनुहुन्छ । १८ वर्षे यात्रामा लेखनको यात्रामा उहाँले झण्डै दुई दर्जन पुस्तक लेखेर भारी ज्ञान पस्किसक्नुभएको छ । त्यस्तै बिभिन्न अनलाई र पत्रिकामा शुसासन र पारर्दशिताको लागि महत्वपुर्ण लेख समेत प्रकाशित हुँदै आएका छन् । जिल्लाका सवै पत्रकारलाई सुचना , जानकारी र छलफल अनि घटना घटे लगत्तै यूद्ध स्तरमै गएर छलफल गर्ने उहाँको गजवको स्वभावले गर्दा उहाँलाई सवैले आत्मिय व्यवहार गर्छन ।
उहाँले अघिल्लो वर्ष मात्र तीनवटा एकल र सातवटा सहलेखन गरी १० वटा पुस्तक लेखेको बताउनुभयो । ‘प्रजिअको जागिर बढी व्यस्तता हुनु स्वाभाविकै हो, सधैं उच्च सतर्क हुनुपर्दछ ,’ उहाँले भन्नुभयो, ‘ ब्यस्तताको बीचमा पनि सवै काम गर्नुपर्ने बाध्यता छ ।’ दैनिक दुई घण्टा बेलुकी र दुई घण्टा बिहान लेखन कार्य गर्ने गरेको उहाँले बताउनुभयो ।
सुर्खेतको सिम्ता गाउँपालिकामा जन्मिएका प्रमुख जिल्ला अधिकारी बस्नेतले २०५८ सालमा एसएलसी परीक्षार्थीका लागि पहिलोपटक अनिवार्य गणित अभ्यास पुस्तक निकालेका थिए । अमृत साइन्स क्याम्पसबाट आईएस्सी उत्तीर्ण गरे लगत्तै निकालेको उक्त पुस्तक निकै लोकप्रिय बनेको थियो । बस्नेतले हरेक वर्ष लोकसेवा तयारीका लागि विभिन्न सामग्री समेटिएका पुस्तक लेख्दै आएका छन् ।
एस एल सी परीक्षामा त्यसअघिको रेकर्ड तोड्दै उच्च अंक सहित सुर्खेत जिल्ला प्रथम भएपछि आइ एस्सी पढन अमृत साइन्स क्याम्पस गएका उहाँको त्यो सपना पुरा नभएपछि २०६१ सालमा निजामती सेवा, राष्टिय वाणिज्य वैंक, तथा उच्च माध्यमिक शिक्षा परिषदमा पहिलो पटक अधिकृतमा परीक्षा दिदा शुरूमै एकैपटक तीनै ठाउँमा नाम निकालेतापनि निजामती सेवाको शाखा अधिकृतलाइ उहाँले छनौट गरी आफ्नो वृत्ति त्यसतर्फ बढाउनुभयो । निजामति सेवामा प्रवेश गरेसँगै लोकसेवा उत्तीर्णका लागि आवश्यक विभिन्न सामग्री सहितको पुस्तक, सुशासन तथा समसामयिक शासन प्रणालीलगायत विषयवस्तुसँग सम्बन्धित सिर्जना लेख्न रुचि बढेको बस्नेतले बताउनुभयो ।
समाजशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातकसमेत उत्तीर्ण उहाँले लेखन शैलीलाई पेचिलो बनाउन र रचनालाई पाठकका निम्ति आकर्षक बनाउन गहिरो अध्ययनको खाँचो औंल्याए । उहाँले शाखा अधिकृत, खरिदार नायब सुब्बा, सेना, प्रहरी, बैंक, विद्युत् प्राधिकरण, वायु सेवालगायतका लागि उपयोगी पुस्तक लेखेको बताउनुभयो ।
हालसालै उहाँले मास्टर आइक्यू, शाखा अधिकृत दोस्रो पत्र, खरिदार दोस्रो पत्र सफलताका सूत्र, म्याथम्याटिक्स फर बैंकिङलगायत पुस्तक प्रकाशन गरेका छन् ।










