फोक्सोको क्यान्सरका कारण

अव्यवस्थित जीवनशैली र गलत खानपानका कारण नेपालमा क्यान्सरका रोगी दिन–प्रतिदिन बढ्दै गइरहेका छन् । विश्वमा बर्सेनि लाखौँ मानिसको मृत्यु फोक्सोको क्यान्सरले हुने गरेको छ । नेपालमा क्यान्सरका कारण हुने मृत्युमध्ये फोक्सोको क्यान्सर अग्रणी स्थानमा छ । हाम्रो शरीरमा दुईवटा फोक्सो हुन्छन्, जसले अक्सिजन लिने र अन्य हावा बाहिर फाल्ने गर्छन् । कतिपय समयमा फोक्सोमा अप्राकृतिक रूपमा कोष ९गिर्खा० बढ्न थाल्छन्, यसले गर्दा फोक्सोले काम गर्न सक्दैन । ती गिर्खा बिस्तारै अन्य अंगमा पनि फैलिन थाल्छन्, जसलाई क्यान्सर भएको भनिन्छ ।
फोक्सोको क्यान्सर हुनुको प्रमुख कारण धूम्रपान हो । धूम्रपान गर्ने र त्यसको नजिकमा बस्ने मानिसमा क्यान्सर हुने सम्भावना उच्च रहन्छ । वरपर बस्नेलाई पनि धूम्रपान गर्नेलाई जत्तिकै असर गर्छ ।
करिब १० प्रतिशतमा वातावरण्ीाय प्रदूषणका कारण पनि क्यान्सर हुन्छ । वातावरणमा रहेका विभिन्न रसायनले फोक्सोमा क्यान्सर गराउने गर्छ ।
ज्यादै थोरै प्रतिशतमा वंशाणुगत गुणका कारण फोक्सोको क्यान्सर हुन्छ ।
रोकथाम र उपचार
धूम्रपान नगर्नु फोक्सोको क्यान्सरबाट जोगिने सबभन्दा उत्तम उपाय हो । धूम्रपान गर्ने मानिसले कम्तीमा वर्षको एकपटक स्वास्थ्य परीक्षण गराउनुपर्छ ।
आफ्नो वरिपरि सकभर कसैलाई धूम्रपान गर्न दिनुहँुदैन । क्यान्सरका लक्षण देखापरेमा तुरुन्त चिकित्सकको सल्लाह लिनुपर्छ ।
धुलो–धुवाँ भएको स्थानमा जाँदा अनिवार्य मास्कको प्रयोग गर्नुपर्छ ।
सामान्यतया, क्यान्सर चार स्टेजमा हुन्छन् । सुरुवाती चरणमा उपचार गरेमा क्यान्सर पूर्ण रूपले निको हुन्छ । समय बढ्दै जाँदा स्टेज पनि बढ्दै जाने भएकाले निको हुने सम्भावना घट्दै जान्छ । दोस्रो र तेस्रो स्टेजको क्यान्सर शल्यक्रियाबाट निको पार्न सकिन्छ । जसमा आवश्यकताअनुसार किमोथेरापी र
रेडियोथेरापी गर्न सकिन्छ ।
फोक्सोभन्दा बाहिरसम्म फैलिएको क्यान्सर चौथो चरणको क्यान्सर हो । जुन पूर्ण रूपमा निको हुने सम्भावना एकदमै न्यून हुन्छ । यसका लागि पनि आवश्यकताअनुसार किमोथेरापी र रेडियोथेरापी गर्न सकिन्छ ।










