लामखुट्टेको टोकाइले हात्तीपाइले

क्युलेक्स वा एनोफिलिसको पोथी लामखुट्टेको टोकाइबाट हात्तीपाइले रोग लाग्छ । फाइलेरिया नामक परजीवीका माध्यमले यो सर्छ । लामखुट्टेले टोक्दा उक्त परजीवी कोषिकामा गई अंग सुन्निँदै जाने भएकाले यो रोगलाई हात्तीपाइले भनिएको हो । जुनसुकैका मानिसलाई पनि हात्तीपाइले रोग लाग्न सक्छ ।

लक्षण

अधिकांशमा मानिसमा हात्तीपाइलेका लक्षण दखिँदैनन् । बाहिर लक्षण नदेखिएसम्म मानिस स्वस्थ नै देखिन्छन् । लक्षण नदेखिएसम्म यसको उपचार पनि हँुदैन । रोगको परजीवी शरीरमा प्रवेश गरेको लामो समयसम्म सुषुप्त अवस्थामा रहने भएकाले हात्तीपाइले भएरनभएको थाहा हुँदैन ।
बिस्तारै हात–खुट्टा सुन्निने हुन्छ । त्यस्तै, पुरुषमा अन्डकोष तथा महिलामा योनी तथा स्तन सुन्निनेजस्ता लक्षण देखापर्छन् । साथै, कमजोरीपन महसुस हुने, आलस्यपना बढ्ने र ज्वरो आउनेजस्ता समस्या देखिन्छन् ।
यस्ता लक्षण देखापरेमा तुरुन्त चिकित्सकको सल्लाह लिनु उपयुक्त हुन्छ । रगतको परीक्षणबाट हात्तीपाइलेको संक्रमण भएरनभएको पत्ता लगाउन सकिन्छ । परजीवी लिम्फ नोडबाट निस्केर रगतमा पुग्ने भएकाले रातको समयमा सक्रिय हुने तथा दिउँसो निष्क्रिय रहन्छन् । त्यसैले, राति नै रगत परीक्षण गर्नुपर्ने हुन्छ ।
रोकथाम र उपचार

सरकारले हात्तीपाइले रोगविरुद्धका औषधि हरेक वर्ष निःशुल्क वितरण गर्छ । उक्त औषधिको सेवन नै हात्तीपाइले रोगबाट बच्ने उपाय हो । हात्तीपाइलेको संक्रमण भएका व्यक्तिमा उक्त औषधि खाँदा ज्वरो आउने, वाकवाकी लाग्ने वा वान्ता हुनेजस्ता लक्षण देखिन्छन् । औषधिले असर गर्छ भन्ने कतिपयमा भ्रम पाइन्छ । त्यो भ्रम त्याग्दै नछुटाईकन औषधिको सेवन गर्नुपर्छ ।
हात्तीपाइलेविरुद्ध डाइथिल कार्टाफाइल र लिभर फिल पेन औषधि प्रयोगमा ल्याइन्छ । औषधि मात्रा मिलाएर सेवन गर्नुपर्ने हुन्छ । जसले स्वास्थ्यमा कुनै किसिमको असर गर्दैन ।
हात्तीपाइलेको असर देखिएपछि शल्यक्रियाबाट पनि उपचार गर्न सकिन्छ । रोगको अवस्था हेरेर यसको उपचार गरिन्छ ।




सम्बन्धित समाचार


error: Content is protected !!