डोल्पामा बर्षातका कारण अनाथ आश्रममा क्षति

डोल्पा ः डोल्पामा निरन्तरको बर्षातका कारण अनाथ बालबालिकालागि बन्दै गरेको भवन भत्किएको छ । त्रिपुरासुन्दरी नगरपालिका १ त्रिपुराकोट बगरमा बन्दै गरेको दुई तले भवन भत्किएको हो ।
भवन भत्किदा दुई ओटा कोठामा पुर्णरुपमा क्षति भएको महिला सामुदायिक सेवा समाज तथा अनाथ बालबालिकाका संरक्षक केन्द्रका अध्यक्ष दिलमाया बिष्टले बताइन् ।
अनाथ बालबालिकालाई पुनःस्थापनकालागि बन्दै गरेको भवन भत्किँदा ७० हजार बराबरको क्षति भएको छ ।
दिलमाया बिष्ट र दिलबहादुर बिष्ट दम्पतिले हाल जिल्लाका विभिन्न बिकट गाउँका एक दर्जन बेसहारा बालबालिकालाई संस्थाको नाममा आफ्नै घरमा गाँसबाँस, शिक्षा, स्वास्थलगायतको सम्पुर्ण ब्यवस्थापन निजी रुपमा गर्दै आएका छन् ।










