विपन्न परिवारले पाए १० हजार फलफूलका बिरुवा

जाजरकोट ः कुशे गाउँपालिका ८ मालुतरा मा रहेका ५० जना गरिब कृषक लाई १० हजार फलफुलको बिरुवा वितरण गरिएको छ ।
कुशे गाउँपालिका मा कृषि ज्ञान केन्द्र मार्फत जाजरकोटका स्थानीय तहमा सबै भन्दा गरिब रहेको स्थानीय तहमा फलफुलका विरुवा वितरण गर्ने लक्ष्य अनुसार जिल्लाका विभिन्न ठाउँमा वितरण गरिएको छ । कुशे गाउँपालिका वडा ८ का ५० जना कृषक लाई ३५ सय कागती १ हजार सुन्तला २५ सय टिमुर र जुनार २८ सय बिरुवा फलफूल बिरुवा बितरण गरेको छ ।

गरिब कृषक लाई आर्थिक स्थिति लाई माथी उकास्न र व्यावसायिक रूपमा बिकास गर्नको लागि यो कार्यक्रम लागु भएको हो कृषि बिकास शाखा प्राबिधिक धीरेन्द्र बस्नेत ले जानकारी खिनुभयो ।





error: Content is protected !!