सेवाग्रही सँग किन शासकीय शैली प्रयोग गर्छन् स्थानीय सरकारका प्रतिनिधी

डोल्पा  , मुस्कान सहितको सेवा भन्ने नेपालमा खुवै चलेको शव्द हो । जती यो शव्द नेपाली बजारमा विक्री भएको छ , सोही अनुसारको व्यवहार जनसाधारणले कति पाएका छन् त ? त्यसको लेखाजोखा कहिले पनि भएको पाईदैन ।

कतिपयले यो शव्द प्रयोग गरी हाँसो , मजाक गरेर उडाउने समेत गरेका छन् । जव सेवा पाउँने ठाउँ , स्थल र दिने कर्मचारी जनताप्रति उत्तरदाही हुन्छन् , सेवा लिन आएका जनसाधारण आफै खुसी हुँदै आजको काम भोली भएपनि खुसी साथ गतव्यमा लाग्छन् । तर यहाँका केही स्थानीय तहमा सुव्वा नै निर्मीत प्रशासकीय अधिकृत रहेका छन् उनीहरु आफुलाई सवै कुरामा पोख्त मात्र होईन पृथ्वी नै आफै घुमाईरहेका छौँ भन्ने उपदेश दिदै सेवाग्रही सँग रुखो व्यवहार गर्दछन् । अनि सेवा लिने र दिने बीच दैनिक विवाद मात्र हुँने गरेको छ । कतिपयले विज्ञापन एजेन्सीको काम समेत गरेको देखिन्छ । कत्ताबाट विज्ञापन मिलाएर दिएमा कत्ती प्रतिशत कमिसन आउँछ त्यता तीर ध्यान जाने गरेको देखिन्छ ।

मानौ , उनीहरु नै त्यहाँका सवै भन्दा महान देवता हो , जसले सवैको एकै पटक न्याय गरोस । हिमाली जिल्ला डोल्पामा यस्तै व्यवहार प्रकट हुँदै आएको छ । यहाँको त्रिपुरासुन्दरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृतको प्रस्तुति शैलीले सेवाग्राहिले त्रासपुर्ण वातावरणमा सेवालिनुपर्ने बाध्यता छ । त्रिपुरासुन्दरी नगरपालिकामा कार्यरत सुब्बा पदका प्रमुख प्रशासकिय अधिकृत हिराचन्द्र धरालाले बिभिन्न सेवाग्राहिसँग बोल्ने शैली चर्को र रुखो भएको गुनासो आउने थालेको छ । उनको बोल्ने शैलीका कारण स्थानीय सरकारको रुपमा रहेको नगरपालिकामा सेवालिन आउने सेवाग्राहिलाइ त्रासमा कामगराउनु परेको त्रिपुरासुन्दरी नगरपालिका १ का टिकादत्त न्यौपानेले बताए ।
जनताको करबाट तलब भत्ता खाँदै आएका कर्मचारीले सेवाग्राहिसँग शब्य भएर सेवा दिनुको सट्टा उल्टै थर्काउने शैलीबाट सेवादिनु अनुचित भएको उनको भनाइ छ । धरलाको कामगर्ने शैली निजामति सेवाको मर्यादा बिपरित भएको बताउँदै सामान्य कुरामापनि थर्काउने गरेको नगरमा सेवा लिन पुगेका अर्का सेवाग्राहिले गुनासो गरे । केहीदिन अगाडिमात्रै बिकास रकम भुक्तानिकालागि नगरपालिकामा जाँदा पहिले भएको सहमति अनुसार रकम भुक्तानिगर्न आग्रहगर्दा चर्को स्वरमा थर्काएको उनले बताए । उनको काम गराउने शैलीबाट नगरपालिकाभित्रै कामगर्ने कतिपय कर्मचारी समेत रुष्ट भएकाछन् ।त्यतिमात्रै नभइ उनको ब्यवहारले जनप्रतिनिधिले समेत कामगर्न अप्ठेरो भएको गुनासो गरेकाछन् ।

उनले शासक शैली त्यागेर सेवा ग्राहिसँग शब्य भएर सेवा प्रवाह गर्न बिभिन्न सरोकारवाला निकायको सुझाब छ । हुँन त खाना खानुहोस , घिन्चुहोस , जिउनार गर्नुहोस , खाईबक्योस , भन्ने शव्दको अर्थ एकै लागेपनि मानिसको दिमागमा मार्ने असर भने निकै फरक हुन्छ । स्थानीय सरका भनेको त्यहाँका सवै कुराको भविश्व खोज्ने र विकास अनि संमृद्धीको लागि नयाँ आयाम दिने ठाउँ हो ।





error: Content is protected !!