नगरपालिकाका सवईञ्जिनियरमाथि कार्यकक्षमै हातपात

जाजरकोट। जाजरकोटको छेडागाड नगरपालिकाका सवईञ्जिनियरमाथि कार्यकक्षमै हातपात भएको छ ।
कार्यालयको काम गरिरहेका बेला मंगलबार आज दिउँसो साढे १ बजे छेडागाड नगरपालिका–१० का नबिन खड्काले सव ईञ्जिनियर भुपेन्द्र खत्रीमाथि हातपात गरेका हुन् ।
खड्काले खत्रीमाथि हातपात गर्नुका साथै काम गरिरहेको ल्यापटप पनि तोडफोड गरिदिएका छन् ।
सव(ईञ्जिनियरमाथि कुटपिट भएपछि अन्य कर्मचारीहरु सशंकित भएका छन् । उनीहरुले आजै एक विज्ञप्ति निकाल्दै घटनामा संलग्न खड्कालाई कडा कारवाही गर्न स्थानीय प्रशासनसँग माग गरेका छन् ।
साथै, यस्ता कार्यले कर्मचारीहरुको मनोबल घट्नुका साथै कार्यालयको कार्यसम्पादन र सेवा प्रवाहमा पनि असर पुग्ने उनीहरुको भनाई छ ।










