मूर्ति चोरीकाण्ड ः धरौटीमा छुटेका गाउँपालिका उपाध्यक्षसहित तीन पुनः पक्राउ

डोल्पा ः शे–फोक्सुण्डो गाउँपालिका ४ मा पर्ने राहप गुम्बाबाट मूर्तिचोरीको आरोपमा पक्राउ परेर धरौटीमा छुटेका तीन जनालाइ प्रहरीले पुनः पक्राउ गरेको छ।
पुरानावेदन अदालत जुम्लाले मुद्दा उल्टाएपछि उनीहरूलाई पुनः पक्राउ गरिएको हो। पक्राउ पर्नेमा डोल्पो बुद्ध गाउँपालिका वडा नं ३ बस्ने गाउँपालिकाका उपाध्यक्ष वर्ष ४५ का मलामटासी गुरुङ, वडा नं ५ बस्ने वर्ष ४० का वडा अध्यक्ष कार्मा गुरुङ र वडा नं १ बस्ने वर्ष ३९ का झ्याम्पा छुल्डिम लामा रहेको जिप्रका डोल्पाका प्रहरी नायव उपरीक्षक अवदेश विष्टले जानकारी दिए।
उनीहरूलाई यसअघि पक्राउ गरेर धरौटीमा रिहाइ गरिएको थियो। आरोपित तीनै जनालाई पुर्पक्षको लागि कारागारमा चलान गरिसकेको प्रहरीले जनाएको छ।










