जाजरकोटमा वैज्ञानिक वन व्यवस्थापन सुरु हुँदै


जाजरकोट  (रासस) जाजरकोटमा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम सुरु भएको छ । जिल्लाका २७४ सामुदायिक वनमा पुराना रुखको संख्या बढी भएर सुर्यको किरण जमिनसम्म नपुग्दा नयाँ रुखका बिरुवा उम्रन पाएका छैनन् । घना जंगलका कारण एक ठाउँमा लागेको डढेलो सबैतिर फैलिएर पुरै वन क्षेत्र ध्वस्त हुने खतरामा रहेको छ । यस्ता जोखिमबाट जोगाउन वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम गर्न लागिएको हो ।
डिभिजन वन कार्यालय जाजरकोटले पहिलो चरणमा ४ वटा सामुदायिक वनबाट कार्यक्रम थालिने छ । पहिलो चरणमा छहरेखोला जलुके सामुदायिक वन समुह शिवालय गाउँपालिका –१ , कुटीला सामुदायिक वन उपभोक्ता समुह छेडागाड नगरपालिका –१ , चामेपातल सामुदायिक वन उपभोक्ता समुह छेडागाड – १२ र चुली ढर्मीला सामुदायिक वन उपभोक्ता समुह शिबालय गाउँपालिका – १ मा लागु भएको डिभिजन प्रमुख महेस कुमाईले जानकारी दिनुभयो ।
वैज्ञानिक वन व्यवस्थापनबारे जानकारी गराउन जाजरकोटमा आयोजित कार्यक्रममा वनजंगल प्रदुषित मासिदै गएकाले यसलाई जोगाउँनका लागि व्यवस्थापन गरेर स्वच्छ वातावरणका लागि अब जंगलका कुनैपनि ठाउँ खाली नराखि नयाँ बिरुवा उत्पादन गरिने छ ।
वन व्यस्थापनका लागि अग्नी रेखा बनाउने, चरीचरन रोक्ने तथा हेरालो समेत राखेर काम भईरहेको छ । वैज्ञानिक वन व्यवस्थापनले पुनरुत्पादन, भू–संरक्षण चोरीकटान नियन्त्रण र अतिक्रमण नियन्त्रण जस्ता कामलाई पनि प्राथमिकता दिईने छ । उत्पादनशिल वनमा थप कार्ययोजना बनाएर कार्यक्रम ठोस हुँने कुमाईले जानकारी दिनुभयो ।
त्योसँगै वन सम्वद्र्धनका लागि सरसफाई, गोडमेल, कटानपछि फोहर हटाउने, जैविक विविधता संरक्षण, गैरकाष्ठ वन पैदावारको उत्पादन विस्तार तथा व्यवस्थापन र ढलेका रुख संकलन गर्ने जस्ता क्रियाकलापमा वन उपभोक्ता समूहलाई सक्रिया बनाइने छ ।
पहिलो चरणमा लागु भएका ४ वटा वनको पनि आधाबढी क्षेत्रफलमा बुढारुख छनौट, अग्नी रेखा निर्माण स्थल, हेरालो व्यवस्थापन र वृक्षारोपण गर्नुपर्ने क्षेत्रको पहिचान भइसकेको छ ।
यसबारे देखिएका जटिलबारे जिल्ला समन्वय समितिसहित राजनीतिक दल, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय, वन समूहका पदाधिकारीलगायतसँग समन्वय भइरहेको डिभिजन वन कार्यालय जाजरकोटले जनाएको छ । यसै गरी आज डिभिजन वन कार्यालयले भेरी नगरपालिकालाई ३५ वटा डस्वीन उपलव्ध गराएको छ । भेरी नगरपालिका भित्रको वातावरण स्वच्छ , सफा र हरावरा बनाउका लागि यि डस्वीन वितरण गरिएको हो ।




सम्बन्धित समाचार


error: Content is protected !!