प्रदुषण बढाउने सवारीसाधनको सर्भिसिङ गरी पास भएमात्रै आफ्नो लाइसेन्स पाउने

वातावरण विभागको अगुवाई र ट्राफिक प्रहरी र यातायात विभागको समन्वयमा काठमाडौं उपत्यकामा डिजेलबाट चल्ने गाडीहरू जाँच गर्दा ७६ प्रतिशत प्रदुषण मापनमा फेल भएका छन् ।

फेल भएका यातायातका साधनहरु मर्मत गरी पास भएमात्र लाईसन्स पाउँने भएका छन् । अहिले यि तीनवटा निकायले संयुक्त रुपमा प्रदुषण मापन गरि थोत्रा , धुवा बढी फाल्ने यातायातका साधनहरु मर्मत गर्न निर्देशन समेत दिईदै आएको छ । १० गतेदेखि गरिएको प्रदुषण मापनमा डिजेलबाट चल्ने २३२ गाडीमध्ये १७६ वटा फेल भएका हुन्।

यस्तै पेट्रोलबाट चल्ने २३१ सवारीसाधनमा ७६ वटा फेल भएको वातावरण विभागले जनाएको छ। यसको अर्थ पेट्रोलबाट चल्ने ३३ प्रतिशत गाडी प्रदुषणको मापदण्डअनुसारका छैनन्।

न्युरोड, बिजुलीबजार, भद्रकाली, रविभवन, बबरमहल, बसुन्धरालगायतका स्थानमा प्रदुषण मापन गरिएको थियो।

बुधबार बसुन्धरामा ९४ गाडीको प्रदुषण मापन गरिएकोमा डिजेलबाट चल्ने ४० र पेट्रोलबाट चल्ने १६ गाडीले मापदण्ड पूरा नगरकेको पाइएको छ। आज पेट्रोल र डिजेलबाट चल्ने ४७र४७ गाडीमा प्रदुषणको मापन गरिएको थियो।

‘डिजेल गाडीको धुवा मापन गर्दा एचएसयु ६५ भन्दामाथि भएका धेरै कालो धुवा निक्लेको जनाउने फेल हुन्छन्,’ वातावरण विभागका केमिष्ट केशव पौड्यालले सेतोपाटीसँग भने,‘पेट्रोल गाडीमा भने कार्बोनमोनो अक्साइड र हाईड्रोकार्बनको मात्रलाई हेरिन्छ।’

फेल भएका गाडीहरुलाई एक हजार रुपैयाँ जरिमाना तिराइएको छ। त्यत्ति मात्रै नभई यी सवारीसाधनको सर्भिसिङ गरी पास भएमात्रै आफ्नो लाइसेन्स पाउने छन्। अनुगमन अझै केही दिन चल्ने विभागले जनाएको छ।




सम्बन्धित समाचार


error: Content is protected !!