माछा मार्ने बादी समुदायलाई जीवन उपयोगी सिप

जाजरकोट ,  माछा मारेर जिन्दगीको गुजरा चलाई रहेका नलगाड नगरपालिका – ७ स्थित काललागेका बादी समुदायलाई नलगाड नगरपालिकाले वैकल्पिक व्यवसाय तीर आक्रसित गरेको गरेको छ ।
तीन महिना लागि नलगाड नदी र भेरी नदीमा माछा मार्न रोक लगाएपछि यहाँका बादी समुदायलाई दिर्घकालिन जीवन यापनका लागि तालिम र खाद्यान्न उपलवध गराएको छ । लामो समय देखि माछा मारेर दैनिक परिवारको पालन पोशन गरिरहेका बादी समुदायलाई १० दिने होजियारी तालिम दिएर सीप सिकाएको नलगाड नगरपालिकाका नगरप्रमुख टेकबहादुर रावलले बताउनुभयो । २९ घर परिवार रहेका मेहनती बादी समुदायलाई उद्यमशिल बनाई आत्म निर्भर बनाउनका लागि पहिलो चरणमा २५ जना महिलालाई १० दिने होजियारी तालिम दिईएको छ ।
त्यस्तै दोस्रो चरणमा नगरपालिकाले १० जना महिलालाई दुई महिने होजियारी तालिम दिई रहेको छ, । २० जना युवालाई हाउस वाइरिङ्ग, १५ जना युवालाई डकर्मी तालिम सञ्चाल गरी तालिम दिईएको छ ।
२९ घरपरिवारलाई खानका लागि चामल बितरण वितरण समेत गरिएको नगरप्रमुख रावलले बताउनुभयो । आर्थिक अभावका कारण वैकल्पिक पेशा पाउँन नसकेका बादी समुदायलाई निशुल्क तालिम दिएर सीप सिकाई पेशामा टिकाउन सजिलो बनाउने उदेश्य रहेको उहाँको भनाई छ ।
३० बर्ष भन्दा पहिले देखि माछा मार्ने पेशामा रहेको भएता पनि आफुहरु अस्थायी बासिन्दाका रुपमा बस्नुपर्ने अबस्था रहेको चन्द्रबहादुर बादीले बताए । ३० बर्ष पहिला आलो माछाको मुल्य प्रति धार्नी ३२ रुपैयामा कारोबार गर्दै आएर अहिले आलो माछा प्रतिधार्नी १२ सयमा विक्रि गर्ने गरेको भएतापनि आफुहरुको अबस्था नबदलिएको डिलबहादुर बादीले बताउनुभयो ।
माछा मार्नलाई आफुहरुले जाल र पासा बाहेक बलाष्टिङ्ग गर्ने, करेन्ट लगाउने, बिष प्रयोग गर्ने काम नगरेको डिलबहादुरको भनाई रहेको छ । माछा मार्ने पेशा बाहेकको अर्को विकल्प नभएको बादी समुदायलाई माछा मार्न रोक लगाएको नगरपालिकाले जीवन जिउनका लागि विभिन्न विकल्पहरु दिनुपर्ने समुदायका आम नागरिकहरुले माग नगरपालिकाले पुरा गरेको डिलबहादुरको भनाई छ ।




सम्बन्धित समाचार


error: Content is protected !!