सुत्केरी हुँन नसकेपछि हेलिकप्टरबाट उद्धार

सुकमाया थापा
डोल्पा  ः महिला तथा बालबालिका मन्त्रालय अन्तरर्गत राष्ट्रपती महिला उत्थान कार्यक्रमको सहयोगमा आज डोल्पाबाट एक सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ।
त्रिपूरासुन्दरी नगरपालिका– २ की २० वर्षीया अनिसा बुढाको स्वास्थ्य अवस्था जोखिममा रहेको जानकारी दिएपछि उहाँलाई उद्धार गरी हेलिकप्टर मार्फत सुर्खेत स्थित प्रदेश अस्पतालमा लगिएको डोल्पाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीले जानकारी दिनुभयो । दुई दिन देखि सुत्केरी हुँन नसक्दा समस्य भएको थियो उहाँका श्रीमान् गोपाल बुढाले जानकारी दिनुभयो ।
सुत्केरी व्यथा लागेकी महिलाको पेटमा बच्चा उल्टो भएर उपचार सम्भव नभएपछि सुर्खेत पठाएको हो । जिल्ला अस्पतालमा शल्यक्रियाका लागि विज्ञ चिकित्सक नहुँदा हेलिकप्टरबाट तत्काल उद्धार गरी सुर्खेत पठाएको प्रतिनिधीसभा सदस्य सत्य पहाडीले जानकारी दिनुभयो ।
अहिले सम्म डोल्पाबाट ७ जना सुत्केरीको उद्धार भईसकेको छ । आज रु ५ लाख बराबरको खर्चमा सुत्केरीको उद्धार भएको हो । यातायातको सहज पहुँच नभएको डोल्पामा यसरी नै वर्षेनी उद्धार कार्य हुँदै आएको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!