जव नगरप्रमुखले रोजगारी पाए

जाजरकोट , जाजरकोटमा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको छ । जिल्लाको भेरी नगरपालिकाले आईतबार देखि औपचारिक रुपमा रोजगार कार्यक्रम सुरु गरिएको भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकास घर्तीले बताउनुभयो ।
प्रत्येक वडाबाट छनोट भएका योजनामा काम गर्ने गरी आज बाट सुरुवात गरिएको हो । नगरप्रमुखले सदरमुकाम खलङगाबाट सुरु गनुभयो भने अन्य वडामा पनि आजै देखि सुरु भएको छ । यूवाहरुलाई रोजगारी सिर्जनागरी घर आँगनमै विकास गर्ने उदेश्यले सुरु गरिएको कार्यक्रमले रोजगारी नपाएर बसेका यूवाहरु खुसी भएका छन् । रोजगारी पाएर काममा खटिएका यूवा, तथा युवती सँग नगरप्रमुख घर्ती पनि सहभागि भएर काम गरिरहेको बताएको छ ।

यूवाहरुको हौसला बढाउन र काम प्रतिको जिम्मेवारी वोध गराउन नगरप्रमुख सँगै खटिएका छन् । यसै गरी शिवालय गाउँपालिकाले पनि प्रधानमन्त्री रोजगार कार्यक्रमको काम सुरु गरेको छ ।










