विप्लव समुहका भेरी व्यूरो सदस्यले नेकपामा प्रवेश

जाजरकोट (रासस) ः विप्लव समुहका भेरी व्यूरो सदस्य हरीचन्द्र जैसीले नेकपामा प्रवेश गर्नुभएको छ ।
उहाँले एक विज्ञप्ति प्रकाशित गरी विप्लव समुहका गतिविधी गैरकानुनी भएको भन्दै सो समुह त्यग गरी नेकपामा प्रवेश गरेका बताउनुभयो । कुशे गाउँपालिका – २ घर भएका जैसी प्रतिवन्धित समुहमा बसेर काम गर्नु भनेको गैरसंवैद्यानिक कार्य भएको बताउनुभयो ।
त्यस्तै अर्का नलगाड नगरपालिका – २ का डम्वर सिंहले पनि विप्लव समुह छाडेका छन् । विप्लव समुहका जिल्ला समिति सदस्य रहेका सिंहले गैरकानुनी क्रियाकलाप सँग सहमती नभएको भन्दै सो समुह छाडेको बताउनुभयो ।
यो भन्दा अगाडी ४ जना विप्लव कार्यक्रतालाई जाजरकोट प्रहरी नियन्त्रण लिईसकेको छ ।










