जनता आवास ः अन्तिम किस्ता पाए सँगै घर निर्माण

सुकमाया थापा
डोल्पा ः जनता आवास कार्यक्रमको रकम यहाँका घर निर्माण गरिरहेका दलित समुदायले पाउने भएका छन् ।
घर निर्माण गरी बीचमा छाडेका र निर्माण हुँदै गरेका दलित समुदायलाई रकम पाउने भएपछि राहत मिलको छ । यो भन्दा अघि रकम निकासा नहुँदा घर निर्माणमा समस्य भएको भनि घर निर्माण गरिरहेका दलित समुदाले आक्रोष व्यक्ति गरेका थिए ।
जनता आवास कार्यक्रमबाट साविकका दुनै,जुफा,त्रिपुराकोट,पाहाडा,लहाँ,नर्कु,कालीका,सर्मी गरी जम्मा ८ वटा गाविसका ३२७ वटा घरधुरीहरु निकासा दिने भनि सम्झौता भएको थियो ।
सरकारले दलित भित्रका विपन्न वर्गलाइ लक्षित गरी सञ्चालन गरेको जनता आवास कार्यक्रमले वास्तविक गरिव दलित समुदायलाई राहत पुगेको छ । घर निर्माण कार्य सुरु भएदेखि अहिले सम्म ४ किस्ता गरी रु ३ लाख ८० हजार रकम सरकारले अनुदान दिने व्यवस्था भएबमोजिम निकासा गर्न लागेको हो ।
आर्थिक वर्ष २०७४ ÷०७५ असार मसान्त भित्र सक्ने भनी सहरी बिकास मन्त्रालयले सम्झौता गरेको थियो थियो, तर संघियता लागु भएपछि कार्यालय समायोजन गरेपछि कर्णाली प्रदेश सरकारको भौतिक पुर्वाधार विकास मन्त्रालय लाइ जिम्मा दिदा काम मा ढिला भएको थियो । अहिले आर्थिक वर्ष २०७५÷०७६ को असार मसात भित्र सम्पन्न गरी सक्नुपर्ने कर्णाली प्रदेश सरकारको भौति पुर्वाधार विकास मन्त्रालय ले बताएको छ ।
३२७ घर दुरी सम्झौता भएतापनि कसैको नाम, थर दोहोरिएको र नाम थर बिग्रीएको कारणले गर्दा अहिले ३ सय ११ घर दुरीले पुरै रकम भुक्तानी पाउने भएको जनता आवास निर्माण कार्यक्रमका प्रमुख सजिव मान श्रेष्टले जानकारी दिनुभयो ।
डोल्पा ८० प्रतिशत घरहरु चुली सम्म निर्माण भइसकेको सव इन्जिनियर भीमसेन बस्नेतले बताउनुभयो ।

सरकारको लागनीमा घर निर्माण भएपछि यहाँका स्थानीयहरु नया घरमा बस्न पाउदा निकै खुशी भएको त्रिपुरासुन्दरी नगरपालिका वठा नं ८ पाहाडाका स्थानीय कर्णकामीले बताउनुभयो । यो समय भन्दा पहिला नै निर्माण भइसक्नुपर्ने घरहरु आर्थिक अभावका कारण एक वर्ष लागेको मुड्केचुला गाउँपलिका वडा नं २ भेट गाउँका बलबहादुर सार्कीले बताउनुभयो । ढिलै भएपनि सबै भुक्तानि गरेर घर निर्माण भएको मा बिकले खुशी व्यक्त गनु भयो ।




सम्बन्धित समाचार


error: Content is protected !!