विवादले गठन नै भएन न्यायिक समिति

जाजरकोट , ३१ जेठ ः स्थानीय सरकार गठन भएदेखि नै न्याय सम्पादनमा सजिलो होस भनि देशै भरी न्यायिक समिति गठन भएपनि डोल्पामा भने अझै हुँन सकेको छैन् ।
स्थानीय तह गठन भएको लामो समय बितिसक्दा पनि डोल्पाको ठुलिभेरी नगरपालिकामा न्यायिक समिति गठन हुँन सकेको छैन् । प्रशासकीय केन्द्रको विवाद समाधान हुँन नसकेपछि न्यायिक समिति गठन हुँन नसकेको हो ।
न्यायिक समिति गठन नहुँदा न्याय सम्पादन कार्य अलपत्र पर्दे आएको छ । अहिले पनि न्याय सम्पादनका लागि प्रहरी , जिल्ला प्रशासन मै स्थानीयवासीहरु जाने गरेका छन् । जुफाल कि दुनै प्रशासनिक केन्द्र भन्ने विषको विवादले गर्दा यहाँका अधिकाश विकास निर्माणका काम समेत प्रभावित भएका छन् । केन्द्रकै विवादले गर्दा वजेट कार्यान्वयनमा समस्य देखिएको छ ।
नगरपालिकाको कामकाज अहिले जुफालबाट हुँदै आएकाले जुफालबाट कार्यसम्पादन भएका कुनै पनि कार्य दुनैमा रहेका जनप्रतिनिधीले स्वीकार नगर्दा दुनैमा हुँने हरेक गतिविधी ओझेल पर्दे आएका छन् । नगरप्रमुखको घर जुफाल रहेको भने ,नगरउपप्रमुखको घर दुनै रहेको छ । राजनीतिक मुद्धा भन्दा पनि न्यक्तिगत ईगोले कारण दैनिक समस्य पर्दे आएको अधिकांश सर्वसाधारणहरु बताउन थालेका छन् ।
जनप्रतिनिधी दुई भागमा विभाजन हुँदा काम गर्न समस्य भएको छ । न्यायिक समिति गठन हुँन नसक्दा दैनिक जनताबाट गाली खाएको नगरउपप्रमुख योगेन्द्रबहादुर शाहीले बताउनुभयो । नगरप्रमुख गणेसबहादुर शाहीलाई न्यायिक समिति गठनका विषयमा कुरा गर्न खोज्दा अहिले सुतेको छु , पछि कुरा गरौला भन्दै फोन काटेपछि कुरा हुँन सकेको छैन् ।
तल्लो डोल्पाका स्थानीय तहमा आवश्यक ज्ञान नहुँदा न्याय सम्पादनमा समस्य भएको मुड्केचुला गाउँपालिकाले जनाएको छ । माथेल्लो डोल्पा भन्दा तल्लो डोल्पाका मुड्केचुला गाउँपालिका र जगदुला गाउँपालिकामा न्याय सम्पादनको काम अगाडी बढेको पाईएको छ ।
उपल्लो डोल्पाका सवै स्थानीय तहका कार्यालयहरु सदरमुकाम दुनैमा भएका कारण त्यहाँका स्थानीयले न्याय सम्पानको काम महसुस गर्ने गरी नपाएको गुनासो गरेका छन् । हिउँदमा चिसो छल्न जाजरकोट र रुकुम झर्ने भएका स्थानीयवासीहरु तातोभएपछि मात्र उपल्लो डोल्पा फर्कने गर्दछन् ।
उपल्लो डोल्पा फर्केपनि यहाँका हिमालमा पाईने जडीवुटीको संकलन तथा व्यापारमा व्यस्त हुँदा समस्य भएको बताएको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!