१० वर्षदेखि दाम्लोमा

गुल्मी ः इस्मा गाउँपालिका–६ अम्मरपुरका थम्मन कुमाल १० वर्षदेखि पशुसरह जीवन बिताइरहेका छन् । बुल्मका २० वर्षीय कुमाललाई मानसिक समस्या छ । थम्मन जन्मिँदै शारीरिक रूपमा कमजोर भएको बाबु खिमबहादुर कुमालको भनाइ छ । उनी सात वर्ष हुँदासमेत हिँड्डुल गर्न नसक्ने अवस्थामा रहेको परिवारले जनाएको छ । कुमाल परिवार रोजगारीको सिलसिलामा भारत थियो । ‘सात–आठ वर्षमा बल्ल टाउको उठाउन थालेको हो,’ उनले भने, ‘१० वर्ष पुगेपछि मात्रै भारतमा उपचार थालेका हौँ ।’ बिस्तारै निको भएपछि आफूहरू गाउँमा आएको खिमबहादुरले बताए ।

छिमेकीको डरले घरमै डोरीले बाँध्नुप(यो स् परिवार
बुल्म कुमाल समुदायको बाहुल्य रहेको गाउँ हो । ढुंगेघर । नजिकै टिनको छाप्रोको गोठ  । त्यही गोठको एक छेउमा थम्मनले दिन बिताउँछन् । पशुचौपायाको घाँटीमा दाम्लो । उनको भने खुट्टामा । छिमेकीको घरगोठमा गएर उपद्रो गर्ने डर कुमाल परिवारलाई छ । जसका कारण गाउँलेले पिट्ने, गाली गर्ने तथा आफूहरूलाई समेत धेरै तनाव दिने गरेकाले गोठमा बाँध्नुपरेको आमा धनी कुमालले बताइन् । ‘घरमा अपांग छोरो छ, काम नगरे चुलो बल्दैन, खुला छाडे गाउँलेको गाली कति सुन्ने रु’ उनले भनिन्, ‘गोठमा बाँधेर काममा पुग्छौँ ।’

दिसा–पिसाब एकै ठाउँमा
बाबुआमा काममा हिँडेपछि तीर्खा लाग्दा थम्मनले पानी पिउन पनि पाउँदैनन् । दिसापिसाब एकै ठाउँमा हुन्छ । साँझ कामबाट फर्किएपछि सरसफाइ गरी लुगा फेरिदिने गरेको आमा धनी कुमाल बताउँछिन् । तीन सन्तानमध्ये गोकुल माइला हुन् । जेठा भारतमै मजदुरी गर्छन् । कान्छो भाइ बुल्म प्राविमा पढ्छन् । कुमाल परिवारका अनुसार थम्मनलाई राज्यले अपांगता भत्ता दिँदै आएको छ । तर, भत्ताभन्दा संरक्षण र उपचार आवश्यक रहेको आमा धन कुमाल बताउँछिन् ।
उपचार र उद्धार खोजेकाछौँ स् स्थानीय सरकार
इस्मा गाउँपालिकाले थम्मनको स्वास्थ्य अवस्थालाई लिएर केही समयअघि कुमाल परिवारसँग भेटघाट गरेको थियो । गाउँपालिका प्रमुख लक्ष्मण विष्टसहितको टोलीले परिवारलाई दाम्लोले बाँधेर काममा नजान आग्रह गर्नुका साथै छिमेकीलाई समेत सचेत बनाएको छ । ‘केही दिनअघि मात्र गाउँले र कुमाल परिवारलाई सचेत गराएर आएका छौँ,’ उपप्रमुख विमला खत्रीले भनिन्, ‘उपचार र उद्धारका निम्ति पहल पनि भएको छ ।’




सम्बन्धित समाचार


error: Content is protected !!